संयमता पहिलो पहिचान हो

संयमता पहिलो पहिचान हो

पद्मप्रसाद शर्मा  
 
 जीवनका हरेक मोडमा अनेकन  आउने गर्छन् । उतारचढावको कारणले गर्दा जीवन अगाडि बढने हो । 
उतारचढाव नभई जीवन अगाडि बढ्न सक्दैन । यउतारचढावसै गरेर हरेकको जीवन अगाडि बढेको हुन्छ । जीवनका उकाली ओराली र घुम्तीहरु नै जीवनका भोगाइहरु हुन् । जीवनमा उकाली ओराली गर्न नजान्नेहरु र घुुम्ती पार गर्न नसक्नेहरु जीवनलाई उठाउन सक्दैनन् । जीवनको स्तर उठाउनका लागि पहिले केही कष्ट ब्यहोर्नुु पर्दछ । महान् व्यक्तिहरुले महानता सहजै प्राप्त गरेका होइनन् । लामो कष्टपूर्ण जीवन तपमा व्यतित गर्न सकेका कारणले नै उनको जीवन सार्थक बनेको हो । यसको मतलव जीवन सार्थक बनाउन केही कष्ट झेल्नुपर्दछ । वर्तमानमा हामीले देखेका हरेक साधकहरु जीवनका उकाली ओराली पार गर्न सकेकै कारणले अहिले उच्चस्तरको सम्मानका साथ जीवन व्यतित गरिरहेको छन् । त्यो सम्मान घरमा बसेर विना साधना प्राप्त भएको होइन । 

जीवन सार्थक बनाउनुु छ भने जीवनका घुम्तीहरुमात्र होइन जीवनका गोरेटोमा आइपर्ने जंघार समेत तर्न पछाडि पर्नुु हुँदैन । जंघार तर्नुु भनेको उकाली ओराली र घुम्तीहरु पार गरेको भन्दा अलिक कष्टपूर्ण काम हो । धेरै मानिसहरु घुुम्ती पार गर्न मन पराएर पनि जंघार तर्न अलिक मन गर्दैनन् । जंघार तर्नुु कष्टपूर्ण मात्र होइन जीवन जोखिममा पर्ने पनि हुन्छ । किनकि जंघारले जीवन बगाएर बगरमा पुु¥याउन सक्छ । जंघार तर्न तम्सेका तर नसकेकाहरु कति त बगरमा उत्तानो परेका छन् भन्ने सुनिन्छ ।  

वर्नमान परिवेश पार गर्नुु पनि जंघार तर्नुु जस्तै बनेको छ । संसार हल्लाउने कोरोना भाइरस (कोभिड १९)बाट पार पाउनका लागि एक प्रकारको कठोर तपस्यासँगै जंघार पार गर्ने तरिका पनि अपनाउन पर्ने भएको छ । एकान्तवासमा बस्नु र यसबाट जीवन सहज बनाउन जान्नुु जंघार तर्नुु जस्तै हो । यी दुुवै कुरालाई सजिलो गरी अवतरण गर्न सकिएन भने जीवन बगरमा पुुगेको जस्तै हुनेछ । एकान्तवासको पालना गर्न नसक्ने र यसलाई सहज बनाउन नजान्नेहरु यतिवेलाका खतराका सूचक हुन् । तप गर्न नजानेमा एकजनाको जीवन सार्थक नहुने मात्र हो । त्यस्तै जंघार तर्न नजान्ने पनि आफूमात्र समाप्त हुन्छ अरुलाई खासै असर गर्दैन । तर यसपटकको तपस्या भंग गर्ने र जंघार पार गर्न नसक्ने जति सबैले आफूमात्र नभएर अलिक धेरैको ज्यान जोखिममा पार्न सक्छन् । होसियार हुने यहिनेर हो ।  

हामीले देखेको र भोगेको आधारमा भन्ने हो भने केहीलाई यो समय कष्टमय भएको छ उनीहरु एकान्तवासको पूरै पालना गर्न सकिरहेका छैनन् । यसबाट हुने नोक्सानीका वारेमा प्रसस्त सुनेर पनि त्यसको पालना गर्न नसक्नु भनेको उनीहरुमा संयमता छैन भन्ने नै हो । जुुन व्यक्तिसँग संयमता छैन त्यस्तो व्यक्ति जीवनमा समथर मात्र खोज्दछ । 
समथरमा हिंडेकाहरु न उकालो चढ्न सक्छन् न त ओरालो झर्न सक्छन् । जंघार त उनीहरुका लागि सोंच्दै नसोचेको विषय हो । जसले जीवनमा यस्ता उकालो र ओरालो पार गर्नु पर्छ भनेर सुुनेन र जानेन, बरु त्यसको साटो जीवन सधै समथरमा मात्र हिंड्छ भन्ने सोंच बनाएर बसेका छन । त्यस्तै लाछीहरुबाट उनीहरुको मात्र नभएर अरुहरुको जीवनले समेत धोका पाउने निश्चित छ । त्यतिवेला समय धेरै अगाडि बढिसकेको हुने छ । 

 

विश्वमा कोरोनाले पारेको प्रभाव हेर्दा र त्यहाँका नागरिकले गुमाएको ज्यानको संख्या हेर्ने हो भने भयावह अवस्था छ । मानव जीवन सानो कमिलोको भन्दा फरक भएको छैन । कमिलोको पनि जीवनको मूल्य त होला तर मानव जीवनको कुुनै मूल्य रहेको छैन । दैनिकरुपमा जीवन लीला समाप्त हुनेको संख्या हेर्दा दुई हजार भन्दा बढीको संख्या रहेको छ । यो हेर्दा मानव जीवन अमूल्य भन्ने बचेको जस्तो लाग्दैन । जति जनाले जीवन गुुमाए त्यहाँ पनि उकाली ओराली र जंघार तर्न कष्ट मान्ने असंयमी जीवहरुबाट भए होला भन्ने अनुमान गर्न गाह्रो छैन । जसले जीवनलाई संयम राख्न सकेन उनीहरुबाट बढ्ता जोखिम भएको अनुुमान गर्न सकिन्छ । जीवनलाई संयम राख्न नसक्ने भन्नुको अर्थ लकडाउनलाई  कडाइकासाथ पालन गर्न नसक्नु वा नगर्नुु भन्ने नै हो । जहाँ पनि जहिले पनि असंयमीहरु न त आफ्नो जीवन आफै सार्थक बनाउन सक्छन् न अरुको जीवनको मूल्य नै जान्दछन् । जीवनको मूल्य नजान्नेहरुले आफ्नो जीवन त जोखिममा पार्छन,पार्छन अरुको जीवन समेत जोखिममा पारिदिन्छन् । 

यो घडीमा विश्वब्यपी कोरोना भाइरस कोभिड १९ले विश्व हल्याएको छ । त्यही हल्लाएका कारण पौने दुुई लाखको हाराहारीमा ज्यान गुुमाउनेको संख्या पुुगेको छ । यो सबै असंयमीका कारणले हो भन्न सकिन्छ । आफै पनि संयम रहन नसक्ने र अरुलाई संयम रहनका लागि उत्प्रेरित गर्न नसक्नेहरुको कारणले विश्वले यो क्षति व्यहोरिरहेको छ । 

सामाजिक दूरी कायम नगरेमा तिम्रो ज्यान जोखिममा पर्छ । तसर्थ सामजिक दूरी कायम गरेर हरेक कार्यकलाप गर भनेर हामीलाई अर्काले भनिदिन परेको छ । यो कस्तो विडम्वना हो ? त्यही भनेर पनि नमान्ने बुद्धि हामीसँग छ । एकपटक हामीले आफूलाई ऐनामा हेर्नै पर्ने छ  कि म कति संयमी छु ? मेरो कर्तब्य के थियो ? मैले मेरो कर्तव्य पूरा गरे कि गरिन ? आफूलाई राम्ररी प्रश्न गर्नुु छ । हाम्रो समाज कस्तो छ ? हामी जथाभावी हिंड्डुल गरेमा सरसफाइमा ध्यान दिन नसकेमा हाम्रो जीवन जोखिमयुक्त हुन्छ भनेर अर्काले भनिदिनु पर्ने अनि त्यसलाई  अविश्वास गरेर आफूलाई जथाभावी हिंडाइरहने हाम्रो छिमेकीको बुुद्धि हेर्दा मलाई त छक्क लाग्छ । यस्तै बुद्धिका ब्यक्तिले राज्य सञ्चालन गर्ने जिम्मेवारी पाए भने यो मुलुक कस्तो हुँदो हो ? आफ्नै जीवनको सुरक्षाका लागि अपनाउनुपर्ने कुुनै कष्टपूर्ण कार्य छैन । आवश्यक सामग्री सामाजिक दूरी कायम गरेर आफ्नै घरमा सुरक्षित साथ बस्ने भनेको त हो । तर यही कुरा अति कष्टपूर्ण भएको छ अनि आफै मुुद्दा फैसला गर्ने व्यक्ति र आफै उपचारमा संलग्न चिकित्सक होला भनेको जस्तै गरेर आफूलाई हिडाइरहन्छ । यसले देखाउने भविश्यमा हामी गम्भीर हुनु पर्दछ ।  

वास्तवमा सबैजना संयम हुन जरुरी छ संयमता अहिलेको उपचार विधि हो । आफूलाई संयम राख्नु भनेको आफ्नो पहिचान दिनु हो । यो संकटबाट पार पाए पनि भोलिका दिनमा पनि त्यस्ता असंयमीको मूल्यांकन समाजले गरिरहनु पर्दछ । यो पनि एउटा विधि हो । धन्यवाद .   १० वैशाख २०७७