ट्रम्पले इरानी युद्धक पानी जहाज नस्ट गर्ने आदेश दिए
काठमाडौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी नौसेनालाई इरानी युद्धक पानी जहाज नस्ट गर्ने आदेश दिएका छन् ।
अमेरिकी सामुद्रिक बेडालाई दिक्क गर्न खोजे इरानी जहाजलाई ध्वस्त गर्न आदेश उनले दिएका हुन् । पर्सियन खाडीमा तनाव बढदै गएपछि ट्रम्पको यो घोषणा सार्वजनिक भएको हो ।
ट्रम्पले ट्विटमा भनेका छन् “ मेले अमेरिकी नौसेनालाई सबै खाले इरानी बन्दुके डुङ्गालाई मार हानी ध्वस्त गर्न आदेश दिएको छु ।”
एक साता अघि अमेरिकी नौसेनाले इरानी क्रान्तिकारी रक्षक समूह आइरआरजीसीले अमेरिकी जहाजसँग खतरनाक व्यवहार गरिरहेको आरोप लगाएको थियो ।
अमेरिकीको पाँचौ बेडाले भिडियो सार्वजनिक गरेको थियो । त्यसमा बन्दुके डुङ्गाले अमेरिकी जहाजको चक्कर लगाएको देखिएको थियो ।
इरानले भने त्यो आरोपलाई खारेज गरेको थियो । इरानले हलिउड सिनेमाको दृश्यलाई फैलाएर भ्रम फालेको भन्दै सो आरोप खारेज गरेको थियो ।
यो वर्षको शुरूसँगै अमेरिका र इरानबीच युद्ध भइहाल्ने अवस्था बन्न शुरू भएको थियो ।
अमेरिकाले इरानको जनरल कासिम सोलेमानीको हत्या इराकको राजधानी बग्दादमा एक ड्रोन आक्रमणमा गरेको थियो ।
इरानले पनि इराकस्थित अमेरिकी सैनिक अखाडाहरूमा आक्रमण गरेको थियो ।
प्रतिक्रिया