पृथ्वी दिवसको ‘गोल्डनजुबली’मा  कोरोना संकटको उपाय खोज्दै मानवजाति

पृथ्वी दिवसको ‘गोल्डनजुबली’मा  कोरोना संकटको उपाय खोज्दै मानवजाति

झिल्को डेस्क टिप्पणी
अप्रिल २२ पृथ्वी दिवस मनाउने गरिन्छ । सन् १९७०देखि मनाउन थालिएको पृथ्वी दिवस सन् २०२०मा ‘गोल्डनजुबली’ मानउने वर्ष हो । मानवजातिले यो बेला कोरोना संकटको उपाय खोजी मनाइरहेको छ । पृथ्वीको स्वास्थ्यलाई बेवास्ता गरिए मानवजातिका लागि ठूलो संकट निम्तिने र यसले मानव स्वास्थ्यलाई ठूलो संकट पैदा गराउने चिन्ता वैज्ञानिकहरूद्वारा व्यक्त भइआएको थियो ।

कोरोनाभाइरस कोभिड–१९ महामारीले ल्याएको यो संकट सजिलै समाप्त हुने लक्षण देखिएको छैन् । यसले वर्षौ समय लिनेछ । मानवजातिमा सम्पत्ति जोड्ने लोभले निर्माण भएको विद्यमान आर्थिक प्रणालीले निम्त्याएको दुष्परिणाम भएकोमा कसैको विमति यसका पक्षधर र प्रतिपक्षी कसैको रहेको छैन् । 

विज्ञानले यस विषयमा वातावरणीय संकटबारे सजग गराउँदै आएको हो ।

मानिसकहरूको गतिविधिले ७५ प्रतिशत क्षेत्रको पर्यावरणमा गम्भीर क्षति पुगेको छ । १० लाख जीवजन्तुका प्रजाति लोप हुने संघारमा पुगेको छ ।६५ प्रतिशत सिमसार क्षेत्र समाप्त भएका छन् । मानिसको गतिविधिले गर्दा विश्वभर एक फुटबल मैदान बराबरको वनक्षेत्र हरेक मिनट ध्वंस भइरहेको छ ।हरितगृह उत्सर्जनको प्रमुख स्रोतहरू मध्ये वन विनास यो एक हो । सन् १९७०यता यसमा ९० प्रतिशतको बृद्धि भएको छ ।

वैज्ञानिक अध्ययनहरूले यसबारे यस्ता जानकारी दिएर सचेत गराएकै हो ।

दीगो विकास लक्ष्य र पेरिस सम्झौताका लक्ष्य प्राप्त गर्ने हो भने दु्रतगतिमा भइरहेको वैश्विक उत्सर्जनमा कमी ल्याउनु पर्छ र पर्यावरण प्रणाली पुनः बहाल गर्नुपर्ने आवश्यकता विद्यमान दशकको रहेको वैज्ञानिकहरू भन्छन् । व्यवसायका लागि नीति निर्मार्ता, लगानीकर्ता र उपभोक्ताहरूले व्यक्तिगत र सामूहिक व्यवहारमा परिवर्तन ल्याउनुपर्ने यसको अर्थ हो । पँुजीवादका नयाँ सरोकारवालाहरू माझ यो रूपानतरणको केन्द्रभागमा वन आवश्य हुनुपर्छ ।

निसन्देह स्वस्थ्य वनहरू पर्यावरणका लागि एक महत्वपूर्ण विषय हुन् । मावन सभ्यता वन विमान बाँच्न र विकास गर्न सक्दैन । वनले पानीको भण्डार संरक्षण गर्छ र मौसमको निरन्तरतालाई गति दिन्छ । यसले खाना र औषधिको स्रोत दिनुको साथै  सफा हावा सबैका लागि उपलब्ध गराउँछ ।

केही अध्ययनका अनुसार वन विनासका कारण निपाह भाइरस, जिका भाइर र इबोला जस्ता नयाँ रोगकोचुनौती थपिएको छ । विगत १७ वर्षमा भएको द्रुतगतिको वनविनासले यस्ता नयाँ खाले भाइरसको ३१ प्रतिशत महामारी फैलिएको छ ।

वन विनास रोकिएमा बेरोजगारी र महामारीको समस्या समाधान गर्न सघाउ पुग्ने अध्ययनहरूको निष्कर्ष रहेको छ । वनहरूले हामीलाई चाहिने आवश्यक रोजगार उपलबध गराउँछ । विश्वबैंकको आँकडा अनुसार अहिलेको वनक्षेत्रमा ५ करोड ४० लाख मानिसलाई रोजगार मिलेको छ ।

एक अमेरिकी अनुसन्धानले जनाए अनुसार फेरि वन निर्माण र वन व्यवस्थापन कार्यमा १० लाख अमेरिकी डलर बराबरको लगानी लगाए तेल उत्पादनमा लगानउे लगानीबाट निर्माण हुने रोजगार ७ गुना बढने छ । वन स्रोतमा जीविकोपार्जन गर्ने विश्वमा १.६ अर्ब मानिस वा विश्वको कुल जनसंखयाका २५ प्रतिशत मानिस रहेका छन् । 

वन क्षेत्रको विषयमा सन् २०२०को जनवरीमा सम्पन्न विश्व इकोनोमिक फोरमको बैठकमा  १० खर्ब रूख रोप्ने कार्यक्रम वनटीडटओआरजी सार्वजनिक गरियो । वनटीडटओआरजीमा विश्व सरकारका नेता, व्यावसायिक नेता, नागरिक समाजका अगुवा नेता तथा तल्लो तहका विभिन्न आन्दोलनहरूको सहभागीता रहेको छ ।

सन् २०३०सम्म १० खर्ब रूखको विकास गर्ने गरी यो कार्यक्रमको विकास गरिएको छ । संयुक्त राष्ट्रसंघको एफएओ र युएनइपीको नेतृत्वमा अगाडि बढाइएको डिकेड अन इकोसिस्टम रिस्टोरेशन २०२१–२०२३को एक प्रमुख योगदान वनटडटओआरजी रहनेछ । पृथ्वी दिवसको ‘गोल्डन जुबली’को पूर्वसन्ध्यामा जनवरीमा सम्पन्न भएको वल्र्ड इकोनोमिक फोरमको बैठकमा लिइयोको यो घोषणा कोरोनाभाइरस महामारीको विद्यमान संकटको परिवेशमा लिइएको देखिदैन् ।

लिएको भए त्यतिखेर विगतका दशकमा विभिन्न अध्ययन र विज्ञहरूले व्यक्त गरेको चिन्ताबारे गम्भीर छलफल हुनुपर्ने थियो  । त्यसबारे कार्यक्रम हुनुपर्ने थियो । अमेरिका , बेलायत र जर्मनी जस्ता शक्तिशाली सरकारले पेरिस सम्झौताको अनदेखा मात्र गरेको देखिएन साथै कुनै खतरनाक भाइरस आउन सक्ने गरिएको अनुसन्धानमूलक चिन्ताचासोबारे कुनै ध्यान दिएको  नदेखिएको पाइयो ।

त्यतिमात्रै पनि होइन चीनको वुहानमा फैलिएको कोरोनाबारे गरिएको रोकथामको प्रयासलाई सामान्य रूघाखोकी पनि टिकाटिप्पणी गर्नमा व्यस्त रहेका अमेरिका र युरोपका देशहरू अहिले कोरोनाको खतरनाक कहरको शिकार बनेका छन् । ती शक्तिशाली देशहरूले समस्याको समाधान खोज्नुको साटो चीनमाथि आरोप लगाएर यसको सबै दोष चीनमाथि थोपर्न खोजेको अमेरिकासहितको पश्चिमा समूहको मनसाय देखिन्छ ।

चीनले पनि अमेरिकी गठबन्धनका देशहरूमाथि एचवनएनवनलगायतका विश्वका संकट निम्त्याउनेहरूबाट आर्थिक क्षतिपूर्तिको भरपाइ गर्नुपर्ने माग नउठाउनेले चीनमाथि यस्तो आवाज उठाउन अघि अनुहार ऐनामा एकफेर हेर्नुपर्ने जस्तो गरेको प्रत्यारोप नाजायज छैन् ।

त्यसैले आरोप प्रत्यारोपको यो सिलसिलालाई विराम दिएर अबको १० वर्ष पछि विश्वलाई कोरोनासंकटको दुष्प्रभावबाट जोगाएर स्वस्थ्य पृथ्वीको निर्माण गर्न प्रणालीगत परिवर्तनको विषयमा सोच्नु पर्ने आवश्यकता छ ।  स्वस्थ्य वन विकाससँगै स्वस्थ्य मानव समाजको विकास नै कोरोनाभाइरसले दिन खोजेको हाँकलाई पूरा गर्नु नै  पृथ्वी दिवसको ‘गोल्डन जुबली’ सन्देश हुने छ ।