राजपा र समाजवादी मिले, एकीकृत पार्टीको नाम जनता समाजवादी

राजपा र समाजवादी मिले, एकीकृत पार्टीको नाम जनता समाजवादी

१० वैशाख, काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टी नेपालबीच बुधबार अबेर राति पार्टी एकता घोषणा भएको छ ।


राजपा नेपालका संयोजक शरद सिंह भण्डारीको ललितपुरमा रहेको निवासमा भएको वार्तापछि पार्टी एकता घोषणा गरिएको हो । 

एकीकृत पार्टीको नाम जनता समाजवादी पार्टी नेपाल हुने छ भने समाजवादी पार्टीले प्रयोग गर्दै आएको झण्डा नयाँ पार्टीको झण्डा हुने छ ।

राजपाले प्रयोग गर्दै आएको चुनाब चिन्ह छाता नयाँ पार्टीको चुनाब चिन्ह हुने छ ।

अहिले एकीकृत पार्टीको नाम, झण्डा र चुनाब चिन्ह घोषणा गरिएको छ । 

समानताको आधारमा बिस्तारै नेताहरुको मर्यादाक्रम तोकिने र साङ्गठनिक एकता हुने जनाइएको छ । 

अध्यादेश ल्याएर मधेसवादी पार्टी फुटाउने प्रधानमन्त्री के पी ओलीको योजनालाई उनीहरुले असफल बनाइदिएका छन् ।