'जनता समाजवादी'  निर्वाचन आयोगमा दर्ता 

'जनता समाजवादी'  निर्वाचन आयोगमा दर्ता 

वैशाख, ११ काठमाडौं ।  समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी नेपालबीच एकीकरणपछि बनेको जनता समाजवादी  निर्वाचन आयोगमा पार्टी दर्ता भएको छ।
बिहीबार बिहान ११ बजे निर्वाचन आयोगमा ‘जनता समाजवादी पार्टी’ दर्ता भएको हो।

यो पार्टीको दर्ता नम्बर १३८८ रहेको छ। राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी एकतालाई औपचारिकता दिन दल दर्ताको निवेदन दिइएको समाजवादी पार्टीका नेता उपेन्द्र यादवले जानकारी दिए।
राजपा संयोजक शरतसिंह भण्डारीले लकडाउनका कारण बाहिर निस्कन समस्या भएकाले सबै कागजपत्र जुटाउन समस्या भएको बताएका छन्। उनले आयोगले मागेका सबै कागजपत्र पार्टीले उपलब्ध गराउने बताएका छन्। सरकारले ल्याएको दल विभाजनसम्बन्धी नयाँ अध्यादेशले पार्टी फुट्ने जोखिम टार्न दुई दलबीच रातारात एकता भएको थियो।

उनीहरुले दुवै दलबाट पार्टी छोडेर जान लागेकालाई रोक्न बुधबार राति ललितपुरमा एकता गरेर जनता समाजवादी पार्टी बनाउने सहमति गरेका थिए। दल दर्ताका लागि राजपाका नेताहरु राजेन्द्र महतो, शरतसिंह भण्डारी र समाजवादीका उपेन्द्र यादव, राजेन्द्र श्रेष्ठलगायतका नेताहरु निर्वाचन आयोगमा पुगेका छन्।