नेकपाका सांसदसँगको छलफल स्थगित
काठमाडौं, ११ वैशाख । बुधवारबाट शुरु भएको नेकपा सांसदहरुसँगको प्रधानमन्त्री केपी ओली र अध्यक्ष प्रचण्डको छलफल स्थगित भएको छ । अन्य तयारी गर्नुपर्ने भन्दै विहीबारको छलफल स्थगित भएको बालुवाटार श्रोतले जनाएको छ ।
बुधवार प्रदेश १, बागमती र सुदूरपश्चिम प्रदेशका सांसदहरुसँग छलफल भएको थियो । छलफलमा ओली मात्र बोलेका थिए । उनले अध्यादेश ल्याउनुपर्ने औचित्यबारे सांसदहरुलाई बताएका थिए ।
प्रतिक्रिया