अध्यादेश फिर्ता लिन प्रम ओली सकारात्मक 

अध्यादेश फिर्ता लिन प्रम ओली सकारात्मक 

काठमाडौं, ११ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले ध्यादेश फिर्ता लिन सकारात्मक भएका छन् । बिहीबार बिहान नेकपाका अध्यक्ष पुष्पकमल दाहासँगको भेटमा उनले अध्यादेशले नकारात्मक विवाद सिर्जना गरेको भन्दै आफू फिर्ता लिन तयार भएका हुन् ।

प्रधानमन्त्रीले पार्टीका शीर्ष नेता र निकट कानुन व्यवसायीहरुसँग यस विषयमा छलफल थालेका छन्। बिहीबार बिहानै उनले पार्टीका बरिष्ठ नेता माधवकुमार नेपाललाई पनि भेट गरेका छन्।

संविधानको धारा ११४ को उपधारा २ ुखुमा सरकारको सिफारिसमा राष्ट्रपतिले अध्यादेश खारेज गर्न सक्ने व्यवस्था छ। राष्ट्रपति कार्यालयले पनि बिहीबार नै केही कानुन व्यवसायीलाई अध्यादेश फिर्ता लिने बारे छलफल गरेको उच्च स्रोतले जनाएको छ ।