आज दुई जना संक्रमित थपिए 

आज दुई जना संक्रमित थपिए 

काठमाडौं । नेपालमा कोरोना भाइरसका विरामी आज दुई जना थपिए सँगै ४७ पुगेका छन् ।

आज उदयपुरमा एक जना ५५ वर्षीय महिला र जनकपुरमा १४ वर्षे बालकको पिसिआर प्रविधिबाट चेकजाँच गर्दा कोरोना पोजेटिभ देखिएको हो । 

उनीहरुलाई विराटनगरको कोशी अस्पतालको आइसोलेसनमा लैजाने तयारी भइरहेको स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताएका हुन् ।