अमेरिकाले चन्द्रमाको कहिल्यै सार्वजनिक नभएको नक्शा सार्वजनिक ग-यो
काठमाडौ । चन्द्रमाको समग्र सतहसहितको वर्गीकृत पहिले कहिल्यै सार्वजनिक नभएको नक्शा सार्वजनिक गरिएको छ । भविष्यमा चन्द्रमा जाँदा सुरक्षित अवतरण गर्न सजिलो हुने गरी यो वर्गीकृत नक्शा बनाइएको हो ।
अमेरिकाको युएसजीएस अस्ट्रोजियओलजि साइन्स सेन्टरका वैज्ञानिकहरूले नासा र लुनर एन्ड प्लानिटरी इन्स्टिचुटसँग मिलेर चन्द्रमाको एकीकृत भौगोलिक नक्शा (युनाइफाइन जिओलजिक म्याप) बनाएका हुन् । चन्द्रमाको स्केल १ः५,०००,००० उल्लेख गरिएको छ ।
युएसजीएसका पूर्व निर्देशक नासाका खगोलशास्त्री जिम रेलीले भने “ मानिसहरू चन्द्रमाबाट साह्रै उत्सुक भइ आएका छन् । यो नक्शा भविष्यको अभियानका लागि सहयोगी हुन्छ ।”
नक्शामा चट्टानका तह लगायतका विभिन्न क्षेत्रको वर्गीकरण गरिएको छ ।
उदाहरणका लागि गुलाफी रंगले इम्ब्रियन क्षेत्र भनिएको छ । नासाले अहिले चन्द्रमा अभियानको नयाँ तयारी गरिरहेको छ । यो अभियान सन् २०२४सम्म पूरा हुने लक्ष्य लिइएको र यसमा पहिलो पटक महिलो अन्तरिक्षयात्रीलाई चन्द्रमाको सतहमा हिँडाउने तयारी गरिएको छ ।
यसैबीच रूसी अन्तरिक्ष अनुसन्धान प्रतिष्ठानले पहिलो तीन आयाम भएको चन्द्रमाको नक्शा बनाउन लागेको हो ।रूसले पनि रोस्कसमस लुनर मिसनका लागि सहयोग गर्न बनाइरहेको छ ।
प्रतिक्रिया