मन्त्रिपरिषद्ले गर्यो अध्यादेश फिर्ता लिने निर्णय

मन्त्रिपरिषद्ले गर्यो अध्यादेश फिर्ता लिने निर्णय

काठमाडौं, १२ वैशाख । नेपाल सरकारले बैशाख ८ गतेको मन्त्रिपरिषद्ले सिफारिस गरेर राष्ट्रपति विद्यादेवी भण्डारीबाट जारी भएको दुवै अध्यादेश फिर्ता लिएको छ । 

शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले राजनीतिक दल खोल्न पार्टीको केन्द्रीय समिति र संसदीय दलभित्र ४० प्रतिशत पुग्नुपर्ने प्रवाधानलाई खारेज गरी ती दुईमध्य कुनै एकमा मात्र ४० पुगे हुने गरी अध्यादेश ल्याएको थियो । 

त्यस्तै प्रतिपक्षी दलको नेताविना संवैधानिक परिषदले निर्णय गर्न सक्ने व्यवस्था गरेर अर्काे अध्यादेश ल्याइएको थियो । यी दुवै निर्णयको चौतर्फी विरोधपश्चात राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी दुवै अध्यादेश फिर्ता लिने निर्णय सरकारले गरेको हो ।

भैँसेपाटीमा बिहीबार बसेको नेकपा सचिवालयका शीर्ष नेताहरुको बैठकले अध्यादेश फिर्ता लिनुपर्ने निष्कर्ष निकालेको थियो भने कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्का नेता माधव कुमार नेपालसँगको छलफलमा प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता लिन तयार रहेको अभिव्यक्ति दिएको नेताहरुले बताएका छन् ।