‘स्वर्गको खोजी’ नाम दिएर चीनद्वारा ‘मंगल अभियान’को घोषणा

 ‘स्वर्गको खोजी’ नाम दिएर चीनद्वारा ‘मंगल अभियान’को घोषणा

काठमाडौ ।चीनको अन्तरिक्षण नियोगले मंगल ग्रह अभियानको घोषणा गरेको छ । ‘स्वर्गको खोजी’ सामान्य अर्थ लाग्ने  ‘तियानवेन वन’ नाम दिएर चीनले ‘मंगल अभियान २०२०’को घोषणा गरेको हो ।
चीनको मंगल अभियानमा तीन पक्ष कक्षमा ओरबिटिङ, ल्यान्डिङ र रोभिङ समेत समावेश गरिएको छ ।
चीनको राष्ट्रिय अन्तरिक्ष प्रशासन सीएनएसएले यो अभियान सन् २०१६मा शुरू गरेको थियो । चीनले पहिलो मंगल ग्रहको अभियानको नाम क्यु युयानले २ हजार वर्ष पहिले लेखेको कविताबाट लिइएको छ । यो कविताको तियानवेनको अर्थ अकाश र ताराहरूको बारेमा प्रश्न उठाउने प्राकृतिक धार्मिक बुझाइ हुन्छ । चीन अन्तरिक्षमा आफ्नो रकेट प्रयोग गरी मानिस पठाउने देश हो ।