सरकारले ल्याएको अध्यादेश राष्ट्रपतिबाट खारेज
काठमाडौं, १२ बैशाख । गत सोमबार बसेको मन्त्रिपरिषदको बैठकको निर्णयानुसार जारी भएका दुई अध्यादेशहरु राष्ट्रपति विद्यादेवी भण्डारीले खारेज गरेकी छिन् ।
सरकारको रिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संवैधानिक परिषद र राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गरेकी हुन् ।
राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले संविधानको धारा ११४ को उपधारा (२) को खण्ड (ख) बमोजिम राष्ट्रपति भण्डारीले संवैधानिक परिषद र राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गरेको जनाएका छन् ।
प्रतिक्रिया