लकडाउन एक हप्ता थप्न सिफारिस

लकडाउन एक हप्ता थप्न सिफारिस

काठमाडौंँ, १३ बैशाख । कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले एक हप्ता लकडाउन थप्न सरकारलाई सिफारिस गरेको छ । शनिबार बिहानको बैठकले लकडाउनको मोडालिटी बारे टुंगो लगाउन कार्यदललाई जिम्मा दिए बमोजिम समन्वय समितिले यस्तो सिफारिस गरेको हो । 

कार्यदलले समितिलाई नेपाल कोरोना संक्रमणको जोखिमबाट मुक्त नभइसकेको र विभिन्न स्थान संक्रमण देखिने क्रम जारी रहेकाले लकडाउन एक हप्ता लम्ब्याउन सिफारिस गरेको हो ।

उच्चस्तरीय समितिले बनाएको क्राइसिस म्यानेजमेन्ट कमिटी अन्तर्गतको यो कार्दलमा विभिन्न मन्त्रालयका सचिव र सुरक्षा निकायका प्रमुख छन् । शनिबार बिहानको समितिको बैठकले पनि जोमिखमुक्त नभएको भन्दै लकडाउन खुकुलो बनाउन नहुने निष्कर्ष निकालेको थियो ।