कोरोनाभाइरसबाट मर्ने २ लाख
काठमाडौ। विश्वभर कोरोनाभाइरसबाट मर्नेहरूको संख्या २ लाख नाघेको छ ।
पुष्टि भइसकेका कोरोनाभाइरस संक्रमितहरूको संख्या २८ लाख नाघेको हो ।
यसमा आधा भन्दा बढी अमेरिका, स्पेन र इटलीका रहेका छन् ।
मर्नेहरूको संख्या १ लाख पुग्न ९१ दिन लागेको थियो भने अर्को १ लाख पुग्न १६ दिन लागेको हो ।
पूर्णरूपमा निको भएकाहरूको संख्या ८ लाख रहेको छ ।
फ्रान्स, इटली, स्पेन र जर्मनीलगायतका देशहरूमा पछिल्ला दिनहरूमा मर्नेहरूको संख्या घटदै गएको देखिएको छ ।
अमेरिकाको न्यूयोर्कमा पनि मर्नेहरूको संख्यामा कमी आउन थालेको हो ।
विश्वका कतिपय ठाउँमा क्रमिकरूपमा लकडाउन हटाउन थालिएको छ ।
प्रतिक्रिया