दिउसो २ बजे मन्त्रिपरिषद्‍को बैठक बस्दै, लकडाउनबारे निर्णय हुने

दिउसो २ बजे मन्त्रिपरिषद्‍को बैठक बस्दै, लकडाउनबारे निर्णय हुने

काठमाडौँ, १४ बैशाख । मन्त्रिपरिषद्‍को बैठक आज दिउसो २ बजे बस्ने भएको छ । जारी लकडाउन लम्ब्याउने वा खुकुलो बनाउने भन्नेबारे बैठकले निर्णय गर्न छ । शुक्रबारको मन्त्रिपरिषद्‍ बैठकमा नै लकडाउन बारे छलफल भएको थियो । सरकारले जारी गरेको लकडाउनको अवधि वैशाख १५ मा सकिदैछ । 

मन्त्रिपरिषद्‍ले लकडाउन एक हप्ता बढाउने संभावना छ। कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको शनिबारको बैठकमा लकडाउनको अवधि बढाउनेबारे छलफल भएको थियो। समिति अन्तर्गत गरेको मुख्यसचिव नेतृत्वको कार्यदलले पनि एक हप्ता लकडाउन थप्न सिफारिस गरिसकेको छ।

चैत ११ गतेदेखि सरकारले लकडाउन सुरु गरेको हो। आन्तरिक र बाह्य हवाई उडानमा जारी प्रतिबन्धलाई जेठ २ गतेसम्म लम्ब्याइसकिएको छ।