कोरोनाभाइरसको आतंक : वास्तविक कि हाउगुजी मात्रै ?

कोरोनाभाइरसको आतंक : वास्तविक कि हाउगुजी मात्रै ?

काठमाडौ । कोरोनाभाइरस कोभिड–१९को कारण विश्व आतंकित बनेर दुनियाँ ‘लकडाउन’मा बसिरहेको छ । अमेरिकामा कोरोनाभाइरसको आतंक सबैभन्दा बढी भएको र संक्रमितहरूको संख्या निरन्तर बढेको समाचारले मानिसलाई झन् आतंकित बनाइरहेको छ ।

कोरोनाभाइरस कतै ‘व्यापार युद्ध’को रणनीतिक हिस्सा त बनेर आएको छैन भनी आंशका उत्पन्न गराइरहेको छ । डा. विश्वरूप राय चौधरीले लेखेको पुस्तक ‘कोरोना द स्क्यान्डल अफ मिलेनियम’ मा यस सम्बन्धी विषयमा प्रस्तुत केही तथ्यगत आँकडाले आशंकालाई पुष्टि गरिरहेको छ ।

कोरोनाभाइरसको आतंक सम्बन्धी प्रश्नको जवाफमा अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र सीडीसीले कोरोनाभाइरसबाट एक्लै अमेरिकामा २ लाख देखि १७ लाखको मृत्यु हुने अनुमान फेब्रुअरीमा गरेको थियो । कोरोनाभाइरस अहिलेसम्म अन्य फ्लु जस्तो रोगमा परेको छ । अमेरिकामा फ्लुजस्तो रोगबाट मर्नेहरूको विगत ५ वर्षको आँकडा अनुसार २०१५, २०१६, २०१७, २०१८ र सन् २०१९देखि अहिलेसम्मको अध्ययन अनुसार २० हजार देखि ५० हजारसम्मको मृत्यु भएको देखिन्छ । 

अमेरिकाको विद्यमान मोडल अनुसार फ्लुको अवधि नोभेम्बरदेखि अप्रिलसम्म मानिए अनुसार एक लाख देखि ७० लाखसम्म हुनुपर्ने थियो । तर अप्रिल १८ सम्मको भारतीय आँकडाले मृत्यु हुनेको संख्या चार सय ८८ रहेको र यसमा ८० प्रतिशत एक भन्दा बढी रोगबाट प्रभावित रहेका थिए । मर्ने सबैको औसत आयु ६० भन्दा बढी रहेको थियो । इटलीको आँकडा पनि त्यहाँ फ्लुबाट मर्नेहरूको औसत मृत्युको आधारमै रहेको छ ।

कोभिड–१९ कोरोनाभाइरस एक किसिमको फ्लु वा इन्फ्लुएन्जाजस्तो भाइरसबाट हुने बिमारी हो । यो भाइरसको मृत्युदर करिब ०.१ प्रतिशत, ज्वरो, खोकी कमजोरी र श्वास लिन समस्या सामान्य लक्षण ,आरएनएको टुक्रा, हावा वा पानीमा फैलिन सक्ने कुनै पनि फ्लु जस्तो लक्षण हुने भनिएको छ । 

कोरोनाभाइरस संक्रमितको पहिचान गर्ने मात्र साधन आरटी–पीसीआर परीक्षण हो । जसलाई रिभर्स ट्रान्स्क्रिप्सन पोलिमर्स चेन रिएक्शन भनिन्छ । हामीले कुनै मेसिन, कार, क्यामरा वा मोबाइल फोन खरिद गर्दा हामीलाई एक नियमावली दिने गरिन्छ । जसमा लेखिएको हुन्छ यस्ता मेसिनको उपयोगबारे लेखिए सरह त्यसमा लेखिएको हुन्छ यो किट मात्र अनुसन्धानका लागि हो निदानको उद्देश्यका लागि होइन अर्थात “फर रिसर्च युज वन्ली ,नट फर डायगनोस्टिक परपस” यो किटका अविष्कारक नोबल पुरस्कार बिजेता क्यारी मूलसले पनि यो किटबारे यही जनाएका छन् । यो किटको विश्वसनीयता सर्वाधिक ९९ प्रतिशत रहेको छ । यो भनेको १ सय कोरोना संक्रमितको अनुसन्धान गर्दा १ जनालाई कोरोना संक्रमित गलत जानकारी दिन्छ । त्यो भनेको १ जना फल्स पोजिटिभ हुन्छ । यो १८ मार्च २०२० मा आइसल्यान्डका १८०० वयस्कमा परीक्षण गरियो तिनमा १९ जना कोरोना पोजिटिभ पाइएको थियो । ह्वाइट हाउसका कोरोनाभाइरसको बारेमा सल्लाह दिने डाक्टरका भनाइ अनुसार यो किटले गलत जानकारी दिन सक्ने सम्भावना ५० प्रतिशत रहेको छ । यसको आधारमा गरिएका परीक्षण गलत हुन सक्छन् । अमेरिकन जनरल अफ मेडिकल एसोसिएसन २७ फेब्रुअरी २०२० अनुसार चीनको वुहानका ४ रोगीलाई यो किटबाट परीक्षण गरियो । अस्पतालबाट केही दिनपछि जान अघि यो किटबाट परीक्षण गरियो । यसको १३ दिनपछि सोही किटबाट परीक्षण गर्दा पोजिटिभ पाइयो ।

यसको अर्थ पहिलो कि त त्यो व्यक्ति कहिल्यै कोरोना निगेटिभ थिएनन वा तिनमा भाइरस थियो । दोस्रो कि त त्यो व्यक्ति ठीक भए र घरमा पुगेपछि फेरि संक्रमित भए तेस्रो कि त व्यक्तिको शरीरमा कोरोनाभाइरस छ किटले गलत परिणाम दिइरहेको छ वा यी तिनै निर्णयाक जवाफ होइन ।

यसैगरी ४ मार्चतिर एक प्रतिष्ठित पत्रिका ‘द ल्यान्सेट’मा सिङ्गापुरको एक रोगीको केस स्टडी छ । त्यसमा ए जनालाई उच्च ज्वरोको बेला अस्पताल लगियो । त्यहाँ उसको परीक्षणमा डेगु पोजिटिभ पाइयो । डेगुको उपचार शुरू गरियो । त्यसपछि डाक्टरले त्यो रोगीको कोरोना परीक्षण गर्ने निर्णय गरियो । त्यो रोगी कोरोनाभाइरस पोजिटिभ पाइयो । अब त्यो रोगीलाई कोरोनाको रोगी भन्ने कि डेगुको रोगी भन्ने ? यहाँ पनि कुनै पनि निर्णायक जवाफ फेला पार्न सकिदैन् । 

मार्च ५मा न्यू इंग्ल्यान्ड जनरल अफ मेडिसिनमा अमेरिकामा कोरोनाभाइरसको पहिलो रोगीको एक नमूना उसको नाकबाट लियो त्यसमा कोरोनाभाइरस पोजिटिभ पाइयो उसको मुखबाट लिइएको नमूनामा कोरोनाभाइरस निगेटिभ पाइयो । यहाँ भन्न खोजिएको विषय भनेको आरटी पीसीआर टेस्ट किटको परिणामको विश्वसनीयता शंकाको घेरामा रहेको छ वा शून्य विश्वसनीयता छ यसैगरी बेलायत सरकारले १९ जनवरीमा कोरोनाभाइरसलाई उच्च परिणाम संक्रामक रोग वा एचसीआइडीको दर्जामा राखिएको थियो । अब २ महिना पछि  बेलायत सरकारले कोरोनाभाइरस एक फ्लुजस्तो रोग भएको र १९ जनवरीमा दिइएको सो दर्जा खारिज गरेको छ ।

यसैगरी २६ मार्चको द ल्यान्सेट अनुसन्धान पेपर ओनले कोरोनाभाइरसलाई भनिएजस्तो खतरनाक नभएको र यसको मृत्युदर ०.१ प्रतिशत कुनै सामान्य फ्लुको जस्तो रहेको जनाएको छ । 

डा. विश्वरूपले कोरोनाभाइरसको रोकथामको विधि ‘लकडाउन’बाट नखोजी अन्य २१ देशले अपनाएको ‘हर्ड इम्युनिटी’को विधि तर्फ जानु ठीक हुने जनाएका छन् । उनका अनुसार यो ‘हर्ड इम्युनिटी’ दक्षिण एसियाको भुटानले पनि अपनाएको छ । ‘लकडाउन’ अपनाएका देशहरूको बारेमा ‘कोरोनाभाइरस’सम्बन्धी समाचार विश्वका ठूला ठूला मिडियामा आएसरी ‘हर्ड इम्युनिटी’ अपनाउने देशहरूको समाचार ब्ल्याक आउट गरिएको देखिएकोमा डा.विश्वरूपले आश्चर्य प्रकट गरेका छन् । १४ वैशाख २०७७