भारतको विभेदकारी नीति आर्थिक वृद्धिका लागि हानिकारक

 भारतको विभेदकारी नीति आर्थिक वृद्धिका लागि हानिकारक

 

संयुक्त राष्ट्रसंघले भारतको विभेदकारी नीतिले आर्थिक वृद्धिलाई हानि पु¥याउने जनाएको छ ।

राष्ट्रसंघीय मानवअधिकार नियोगका प्रमुख मिचेल बचलिटले भारतको विभेदकारी नीतिहरूले आर्थिक वृद्धिलाई हानि पु¥याउने चेतावनी दिएकी छिन् । 

साँघुरो राजनीतिक एजेन्डाहरूले जनतालाई घचेटेर भित्तामा पु¥याइरहने भएकाले असमान समाजमा यो खतरनाक हुने भन्दै उनले यस्तो चेतावनी दिएकी  हुन् ।

भारतका सीमान्तकृत, अल्पसंख्यक , दलित र मुस्लिम आदिवासी जनताजातिहरूलाई तर्साएर भित्तामा पु¥याउने काम गरिएको मानव अधिकारसम्बन्धी प्रतिवेदनमा उनले यस्तो उल्लेख गरेकी छिन् ।

भारतको सत्ताधारी भारतीय जनता पार्टीका एक प्रवक्ताले उनको यो आरोपलाई अर्थहीन भनी टिप्पणी गरेका हुन् । बचलिटको यो चेतावनी एम्नेस्टी इन्टरनेशनलको भारतीय च्याप्टरको भनाइ सार्वजनिक भएको एक दिनपछि आएको हो । 

एम्नेस्टीले सन् २०१८मा भारतमा धेरै आक्रमण, बलात्कार र हत्याका घटना भएकोमा चिन्ता व्यक्त गरेको छ । यसमा एक् सय ४२ दलित र ५० मस्लिम समुदाय विरूद्ध भएको देखिएको सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् ।