गणितले राजनीति हैन राजनीतिले गणित निर्धारण गर्ने गोकुल बास्कोटाको भनाइ
१४ वैशाख, काठमाडौं । पछिल्ला दिनमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कस्तो कदम चाल्छन भन्ने कुरा सर्वाधिक चासोका साथ हेरिएको छ । उनी पार्टीमा अल्पमतमा परेका छन् र उनको सरकार नै ढल्ने आशंकाका साथ मिडियामा चर्चा चलिरहेको छ ।
केपी ओलीसँग निकै निकट रहेका र सेक्युरिटी प्रेसमा आर्थिक बार्गनिंग गरेको टेप प्रकरण सार्वजनिक भएपछि मन्त्री पदबाट राजीनामा दिएका नेकपाका केन्द्रीय सदस्य गोकुल बास्कोटाले गणितले राजनीति होइन राजनीतिले गणित हिंडाउने भन्दै अहिले केपी ओली अल्पमतमा परे पनि राजनीतिक स्टेप चाल्नसक्ने संकेत गरेका छन् ।
उनले आफ्नो फेसबुक स्ट्याटसमा लेखेका छन्,
पार्टी एकता र त्यसपछिका सहमतिहरू उल्लंघन गर्दै षड्यन्त्र र छलछामहरू गर्ने सिलसिला चलिरहेको भन्दै प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले फेसबुक स्ट्याटस लेखेका छन् ।
केपी, प्रचण्ड र माधवका विकल्प
उनले सरकारलाई पार्टीभित्रबाट नै घेरावन्दी गरेको बताएका छन् ।
पढौं उनको फेसबुक स्ट्याटस,
प्रतिक्रिया