गृहमन्त्री वादल र सीके राउतबीच ऐतिहासिक सहमति
गृहमन्त्री रामबहादुर थापा ‘वादल’ र स्वतन्त्र मधेश गठबन्धनका नेता सीके राउतबीच मधेशको माग जन अभिमतमा आधारित लोकतान्त्रिक विधिमार्फत पूरा गर्ने सहितका ११ बुँदे सहमति भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा वादल र स्वतन्त्र मधेश गठबन्धनका तर्फबाट सीके राउतले हस्ताक्षर गरेका छन् ।
शान्तिपूर्ण राजनीतिमा आउने सीके राउतको फैसलाले खासगरी मधेसको राजनीतिमा धेरै ठूलो राजनीतिक हलचल निर्माण गरेको छ ।
राष्ट्रिय सभागृहमा आयोजित समारोहमा यो ऐतिहासिक घोषणा भएको हो ।
विहीवारमात्र सर्वोच्च अदालतबाट सीके राउतलाई रिहाको आदेश भएको थियो । त्यसको भोलिपल्टै यस्तो सहमति भएको हो।
शान्तिपूर्ण ढंगले राजनीतिक मूलधारमा प्रतिस्पर्धात्मक राजनीतिमा आउने सीके राउतको यो कदम सकारात्मक छ ।
सी के राउतको काँधमा बन्दुक राखेर नेपालको अखण्डतामा खलल पु¥याउन खोज्नेहरुको दिवास्वप्न केपी ओलीको नेतृत्वको सरकारले असफल गराइदिएको छ ।
पढ्नुहोस सहमति पत्र
प्रतिक्रिया