सांसद यादवको अपहरणको मुद्धा दर्ता गर्न बाबुराम भट्टराई सहितको टोली महानगरीय प्रहरी परिसरमा
काठमाडौं . १४ वैशाख। नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का संघीय सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठ तथा पूर्वप्रहरी महानिरीक्षक सवेन्द्र खनालविरुद्ध संघीय सभाका सांसद तथा पूर्व स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादवलाई उनको इच्छा विपरीत काठमाडौं ल्याइएको भन्दै आज मुद्धा दर्ता गर्न जनता समाजवादी पार्टीका नेताहरु काठमाडौं महानगरीय प्रहरी परिसर टेकु पुगेका छन् ।
डा. सुरेन्द्र यादवसँगै जसपाका शीर्ष नेताहरु पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो लगायत एक दर्जन नेताहरु प्रहरीको पुगेका हुन् ।
प्रधानमन्त्री ओलीकै निर्देशनमा समाजवादी पार्टी फुटाउने मनसायले वैशाख १० मा सांसद बस्नेत, श्रेष्ठ र पूर्व आईजिपि खनाल सांसद यादवलाई लिन महोत्तरी पुगेर अपहरणकै शैलीमा काठमाडौं ल्याएका थिए । तर सांसद यादवले यस अघि आफूलाई अपहरण गरेको भन्न चाहि नमिल्ने बताउँदै आए पनि आफ्ना नेताहरुको दवावपछि मुद्धा दर्ता गर्न राजी भएका छन् ।
प्रधानमन्त्री ओलीले मधेशवादीहरुसँग वार्ता गर्ने र यस प्रक्रियालाई टुङ्गोमा पु¥याउने जिम्मा पूर्व संचारमन्त्री गोकुल वास्कोटालाई दिएका थिए । सांसद यादवले पनि बीच बाटोमा गोकुल बास्कोटासँग कुरा भएको स्वीकार गरेका छन् ।
भोलिपल्ट विहानै सांसद यादव मेरियट होटलबाट भागेर समाजवादी पार्टीका नेताहरुको सम्पर्कमा पुगेका थिए । खनाल, श्रेष्ठ र बस्नेतले पनि आफूहरु सांसद यादवलाई लिन महोत्तरी पुगेको स्वीकार गरेका छन् । यद्यपि उनीहरुले अपहरण गरेको भन्ने कुराको खण्डन गर्दै आइरहेका छन् ।
प्रतिक्रिया