जसको डोरी बाबुराम र राजेन्द्रहरुले समातेका थिए...
लेखनाथ न्यौपाने
(क) डा. सुरेन्द्र यादव जो पिएसओ बोकेर हिंड्ने हैषियतका पूर्व मन्त्री तथा वर्तमान सांसद महोत्तरीदेखि काठमाडौंसम्म आउँदा आफु अपहरणमा परेको भनेर कतै प्रतिवाद गरेको र गुहार मागेको देखिदैन । साथै उनको पिएसओले जसको सुरक्षामा पछिपछि हिंड्ने डिउटी गर्छन, उनले समेत अपहरणको सूचना कतै दिएको देखिदैन ।
काठमाडौं आएर दिएका सुरुसुरुका अन्तरर्वार्ताहरुमा उनी स्वयम्ले अपहरण नै त भन्न मिल्दैन भनेको हामीहरुले सुनेकै हौँ। आज तिनै मान्छेलाई बोकेर बाबुराम भट्टराई, राजेन्द्र महतोहरु अपहरणको मुद्दा दर्ता गर्न जानु सर्वथा बेठिक देखिन्छ । यो विषय अब कानूनी नभएर राजनीतिक बिषयमा बदलिएको प्रष्ट हुन्छ ।
(ख) आफ्नो स्वत्व नभएका, पानीको लौरो जो हरक्षण पदको लोभको सपना देख्छ, उसलाई हुने यस्तै हो । सुरेन्द्र यादव निकै लोभी रहेछन् । मन्त्री बन्ने लोभले उनलाई जसले जता जाऔ भन्यो उतै जाने बनायो र प्रवृत्तिले उनलाई प्रतिकारमा उतारेन । उनी अलिअलि दोधार (पानी लौरेहरु सधै दोधारमा हुन्छन्) मा पर्दै सरासर काठमाडौ आए । बाटोमा प्रधानमन्त्रीसँग फोनमा कुरा पनि गरे । जव मन्त्रीको पद आफुले भने अनुसार नपाइने भयो अनि बल्ल अर्को जालमा परे, जसको डोरी बाबुराम र राजेन्द्रहरुले समातेका थिए ।
(ग) विषय, समय र प्रक्रिया तिनै कोणबाट अध्यादेश ल्याउनु प्रधानमन्त्रीको कमजोरी मात्र होइन, निकै खराब नियत प्रष्ट देखियो । जुन उद्देश्यले अध्यादेश ल्याइएको थियो, त्यो पहिलो मिसनमा शक्ति परिचालित गर्ने सन्दर्भमा योसँग मेल खाने स्वभावका प्रहरीका पूर्व महानिरिक्षक र सांसदहरु प्रयोग गरिए । प्रमको निर्देशन वेगर आफैं परिचालित भएको बिषय प्रसङ्ग मान्छेको त कुरै भएन, जनावरले समेत पत्याउँदैन । लकडाउनको बेला, रातारात मधेश झर्ने र अर्को पार्टीको सांसदलाई पदको लोभ देखाउने, लाभको पदको पुष्टि गर्न प्रमसँग फोन गराउने तरिका राजनीतिक हुँनै सक्दैन । त्यसपछि पाँततारे होटलको प्रवेश र भव्य व्यस्थापनले त सांसद खरिद बिक्रीको २०५२ सालको नियत र चित्र दोहोरिएको प्रष्ट पुष्टि हुन्छ ।
यसरी रातारात परिचालित भएको टिम पनि आआफ्ना स्वार्थ (नियुक्ति र प्राप्ती) प्राप्तीमा परिचालित थिए, जसको नियत निकै खोटपूर्ण मात्र होइन, पद र लाभको लागि जे पनि गर्ने खालको देखिन्छ/देखियो । (अखिल क्रान्तिकारीका पूर्व केन्द्रीय अध्यक्ष तथा सत्तारुढ नेकपाका केन्द्रीय सदस्य लेखनाथ न्यौपानेको फेसबुकबाट साभार)
बैशाख १, २०७७
प्रतिक्रिया