सांसद सुरेन्द्र यादवलाई अपहरण गरेको उजुरी प्रहरीले दर्ता गर्न मानेन

सांसद सुरेन्द्र यादवलाई अपहरण गरेको उजुरी प्रहरीले दर्ता गर्न मानेन

काठमाण्डौ, १४ बैशाख । जनता समाजवादी पार्टीका सांसद डा सुरेन्द्र कुमार यादवलाई अपहरण गरेको आरोपमा प्रहरीले सांसदहरु महेश बस्नेत, किसान श्रेष्ठ र पूर्व प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालविरुद्ध उजुरी लिन अस्वीकार गरेको छ ।

उजुरी दर्ताको लागि डा बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो लगायतका शिर्ष नेता महानगरीय प्रहरी परिसर टेकुमा पुगे पनि प्रहरीले महोत्तरीमा उजुरी दर्ता गर्न सुझाव दिँदै उजुरी नलिने भनेको थियो । नेताहरु झण्डै एक घन्टा बस्दा पनि प्रहरीले उजुरी नलिने भनेपछि नेताहरु फर्किएका छन् ।

आफुहरु पुग्ने सूचना पाएलगत्तै परिसरका प्रमुख एसएसपी श्याम ज्ञवाली बाहिरिएको र त्यहाँ रहेका एसपीले मुद्दा लिन नमानेको जनाइएको छ ।