झापामा अर्का कोरोना संक्रमित भेटिए, संक्रमितको संख्या ५२ पुग्यो
झापामा आज फेरि थप एक जना कोरोना संक्रमित भेटिएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका श्रोतका अनुसार झापाको ५० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
उनलाई कोशी अस्पताल विराटनगरमा भएको परीक्षणमा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । आजै मात्र दिउसो दुई जना कोरोना संक्रमित भेटिएको पुष्टि भएको थियो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा आईतबार गरिएको परीक्षणमा विरगन्जका दुई जनामा संक्रमण पुष्टि भएको हो।
योसंगै आज मात्रै ३ जनामा कोरोना संक्रमण देखिएको छ भने नेपालमा कुल संक्रमितको संख्या ५२ पुगेको छ । त्यस मध्ये निको भएर घर फर्किनको संख्या १६ रहेको छ ।
प्रतिक्रिया