बैशाख २५ गतेसम्म लकडाउन लम्ब्याउने सरकारको निर्णय

बैशाख २५ गतेसम्म लकडाउन लम्ब्याउने सरकारको निर्णय

काठमाडौं । सरकारले लकडाउनलाई २५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । आज आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।

चैत ११ गतेदेखि सुरु भएको लकडाउन बैशाख १५ गते अर्थात् भोलि सकिदैछ । त्यसयता चारपटक लकडाउन बढाइएको छ । शुक्रबार नै बसेको समितिको बैठकले आन्तरिक र बाह्य हवाई उडान भने जेठ २ गतेसम्म प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

दोश्रो संक्रमित देखिने वित्तिकै लकडाउन शुरु गरिएकोमा हालसम्म संक्रमितको संख्या ५२ जना पुगेका छन् भने १६ जनाले कोरोना जितेर घर फकिएका छन् ।