‘ग्लोबल सप्लाई चेन’  भत्किदा नेपालले खोज्ने भूमिका

‘ग्लोबल सप्लाई चेन’  भत्किदा नेपालले खोज्ने भूमिका

काठमाडौ । कोरोनाभाइरस कोभिड–१९ले निम्त्याएको विश्वव्यापी महामारी ‘लकडाउन’ले वैश्विक आपूर्ति शृंखला(ग्लोबल सप्लाइ चेन) भत्किन पुगेको र बाँकी अमेरिका चीनबीचको व्याार युद्धले भत्काइदिएको कतिपय विज्ञहरूको बुझाइ छ ।

अमेरिका र चीनबीचको व्यापार युद्धबाट मिल्न सक्ने लाभलाई लिनका लागि भारतले आफ्नो कुटनीतिक पहल महामारी अघि गर्दै आएको छ । महामारी आएपछि भारतले नयाँ औद्योगिक नीति बनाउन लागेको छ । यस्तो औद्योगिक नीति भत्किदै गएको ग्लोबल सप्लाइ चेनसँग तालमेल गर्ने खालको रहेको छ ।

नागरिक उड्डयन मन्त्रालयका जिम्मेवारी समेत लिएका भारतका वाणिज्य तथा उद्योग मन्त्री सुरेश प्रभुले ग्लोबल सप्लाइ चेन नयाँ औद्योगिक नीतिसँग तालमेल मिलाउने गरी आउनु पर्ने बताए । सरकारले यस किसिमको नीतिमा काम गरिरहेको उनले खुलाए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले भारत लगायतका  व्यापारिक साझेदारहरूसँग गरेको कतिपय व्यापार विरोधी अभ्यासले गदौ विश्व व्यापार संगठन डब्लुटीओको अस्तित्वलाई चुनौती दिआएको देखिएको छ । यस्तोमा व्यापारिक वस्तुको निर्यातमा एक देशबाट अर्को देशमा भएको अवस्थामा निरन्तर गिरावट आइरहेको छ ।

विश्वको ठूलो उपभोक्ता अमेरिका र ठूला उत्पादक चीनबीचको व्यापार युद्धले वैश्विक आर्थिक बृद्धि महामारी अघि नै कमजोर बनाइ दिएको थियो ।

कुनै एक भुगोलमा उत्पादन मात्रै गरेर होइन यो वैश्विक मूल्य शृंखला र वैश्विक आपूर्ति शृंखलाको भाग हुनुपर्छ । महामारीले निम्त्याएको अवसर नेपालले हिस्सा ओगटन सक्ने विषयमा सरकारको गतिविधि नभएको सरकारी अधिकारीहरूको बुझाइ छ ।

केहीले पनि यस्तो अवसरका लागि तयारी गर्नुपर्छ र लाभ लिन सक्ने गरी योजना बनाउनु आवश्यक हुनेछ ।

भारतले यस्ता विषयमा विचार गरिरहेका बेला आसन्न छिमेकीका नाताले नेपालको भूमिका निसन्देह केही न केही हुन सक्ने देखिन्छ ।

भारतले कृषि लगायत १२ क्षेत्रसँग सम्बन्धित विषयमा विशेष अध्ययन गरिरहेको छ । नेपाल कृषिआधारित देश भएकाले यस्ता विषयमा गम्भीररूपले ध्यान दिनुपर्ने आवश्यकता रहेको छ । 
सरकारी अधिकारीहरूले यसबारे खुलेर बोल्न नसक्ने स्थितिमा रहनुले यस्ता विषयमा सरकारको ध्यान जानुभन्दा अन्यत्रै रहेको देखिन्छ । महामारीले निम्त्याएको चुनौतीलाई अवसरमा बदल्न नसक्दा नेपाल थप चेपुवामा पर्ने अर्थ मन्त्रालयका अधिकारीले नाम नखुलाउने शर्तमा भने ।