को होला किम जोङका उत्तराधिकारी ?
काठमाडौ । उत्तर कोरियाली नेता किम जोङ उनको मृत्युको हल्लाले उनको उत्तराधिकारीको चर्चालाई अगाडि बढाइ दिएको छ ।
रूसको भ्लादिभोस्तोकस्थित सुदुरपूर्व संघीय विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्ध विषयका सहप्राध्यापक अर्तोम लुकिनले उत्तर कोरियाली नेता किमको खबरलाई हल्ला बताइरहेका छन् । तर यो खबर सत्य भएमा उनको उत्तराधिकारीको बारेमा प्राध्यापक लुकिनले सवाल उठाउन थालेको देखिएको छ ।
वास्तवमै किमको निधन भएको रहेछ भने अराजकता फैलिने अपेक्षा नगरौं विषयमा एक आलेख लेखेका छन् ।
लुकिनले “इफ किम जोङ उन इज रियली डेड, डु नट एक्सपेक्ट केअस इन नर्थ कोरिया” शीर्षकमा एक आलेख लेखेका छन् ।
किमको मृत्युको हल्लाको ठेगान लगाउन सजिलै छैन । तर हल्ला सत्य भएमा कसले उनको स्थान लिने भन्ने सवाल खडा हुन्छ । यस्तो अवस्थामा तीन विदेशी खेलाडीले फाइदा उठाउन खोज्ने देखिएको लुकिनले जनाएका छन् ।
किम अप्रिल ११ यता सार्वजनिकरूपमा देखा नपरेको र उत्तर कोरियाका संस्थापक किमको जन्मजयन्ती समारोहमा देखा नपर्ने विषयलाई उनको गम्भीर स्वास्थ्य आघात वा निधनसँग जोडिएको देखिएको हो ।
संस्थापक किम इल सुङको जन्मजयन्ती उत्तर कोरियाको एक प्रमुख सार्वजनिक विदा हो । सन् २०११मा बाजे किमको विरासत सम्हाल्दै सत्तामा आएयता हरेक वर्षको यो दिवसमा सहभागी भइ समारोहको नेतृत्व गर्दै आएका थिए ।
किमको मुटुको शल्यक्रिया गरिएको थियो त्यो शल्यक्रिया बिग्रेपछि उनको मृत्यु भएको हल्ला व्यापक भइरहेको छ । शिशाको कफिनमा किम राखिएको तस्विर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
कतिपयले किम आफै कोरोनाभाइरसको संकटबाट बच्न ‘स्व एकान्तवास’ वा सेल्फ आसोलेसनमा गएको हुन तर्क गर्छन् ।
उत्तर कोरियाले यो खबरलाई गलत भनेको छ ।
किमको मृत्युको हल्लाबारे उत्तर कोरियाका केही व्यक्ति र सम्भव भएसम्म चीनका केही मानिसलाई थाहा भएको हुन सक्छ ।
उत्तर कोरिया आफैमा बन्द देशकोरूपमा रहेको छ । त्यहाँका गतिविधि बाहिरी संसारलाई थाहा पाउन सजिलो छैन ।
प्रोफेसर लुकिनले किम गम्भीर स्वास्थ्य समस्यामा परेको हुन सक्ने विश्वास गर्छन् गम्भीर स्वास्थ्य समस्यामा सुधार हुने वित्तिकै उनी सार्वजनिकरूपमा देखा पर्नेछन् । किम सार्वजनिकरूपमा देखा नपरे यसले समस्या निम्त्याउन सक्ने लुकिनको बुझाइ छ ।
यस्तो अवस्थामा उत्तर कोरियाका लागि सबैभन्दा महत्वपूर्ण विषय उत्तराधिकारीको खोजी हुने छ ।
बाजेले निर्माण गरेको उत्तर कोरियाको विरासत बाबु पछि नाति किममा गएकोले त्यहाँ वंश परम्परा कायम भएको छ ।
यसैबीच नाति किमका तीन बालबालिका रहेको हल्ला फिजिएको छ । ती मध्ये जेठा छोरो हो । यो छोरो सन् २०१०मा जन्मेको विश्वास गरिन्छ । यो हल्ला अनुसार किमका छोरा भए पनि त्यो परमाणु शक्ति सम्पन्न देशको शासन सम्हाल्न धेरै सानो हुने देखिन्छ ।
किमकी बहिनी किम यो जोङ राजनीतिक गतिविधिमा एक महत्वपूर्ण खेलाडी छिन् । कतिपयले किमकी बहिनी सत्ताको बागडोर हातमा लिन सक्ने अड्कल काटिरहेका छन् । प्रोफेसर लुकिन यो अड्कलको पक्षमा देखिएका छैनन् । उत्तर कोरिया पितृसत्तात्मक समाजबाट विकसित भएकाले त्यहाँको सर्वोच्च नेता महिलामा जाने त्यहाँको बहुसंख्यकले विश्वास गर्न गाह्रो हुने लुकिनको तर्क छ ।
पुरूषको खोजी किम परिवारबाट गर्न खोज्दा किमका दाजु किम जोङ जुल वा किमका काका किम इल सुङका जीवित छोरा किम प्योङ इल देखिन्छन् ।
किम परिवारका अतिरिक्त त्यहाँको उत्तराधिकारीले सम्पूर्णरूपमा अस्वीकार नगर्दा प्रधानमन्त्री किम जाए रोङ वा उत्तर कोरियाको सर्वोच्च जनसभाका अध्यक्ष चोए रोङ हाएले शासनको बागडोर सम्हाल्न सक्ने देखिन्छन् ।
कतिपयले सामूहिक नेतृत्वको सम्भावनालाई इन्कार गरिरहेका छैनन् ।
यस्तो अवस्थामा उत्तर कोरियाको राजनीतिक र सैनिक सत्तामा केही सय मानिसको वर्चस्व कायम रहेको छ । यो समूहले समूहगत निर्णय गरे किमको उत्तराधिकारी सहज हुन सक्छ । उत्तर कोरियाका यी घरानियालले सत्तामा रहन एकता र सहअस्तित्व कायम गर्नुपर्ने बुझेसम्म यस्तो निर्णय हुन सक्ने देखिन्छ ।
देश बाहिरका खेलाडीहरूमा तीन शक्तिको चलखेल किमको उत्तराधिकारीको चयनका लागि हुन सक्ने देखिन्छ । दक्षिण कोरिया, अमेरिका र चीन ।
दक्षिण कोरियाको प्रमुख प्राथमिकता उत्तर कोरियामा स्थायित्व कायम रहनु नै हुनेछ । दक्षिण कोरियाली राष्ट्रपति मून जाए इनको सरकारले उत्तर कोरियासँग शत्रुवत व्यवहार गरिरहेको छैन् ।
अमेरिका कोभिड–१९को संकट समाधान, राष्ट्रपति निर्वाचन र इरानसँगको सम्बन्धका बारेमा बढी अल्झिएको देखिन्छ ।
सजग रहेको देखिएको छ । चीनको बारेमा पूर्वानुमान गर्न धेरै कठिन भएको लुकिन बताउँछन् । बाहिरका अन्य शक्तिको तुलनामा चीनको प्रभाव र पहुँच चीनमा बढी रहेको छ । चीनले यहाँ किमको उत्तराधिकारीसम्बन्धी विषयमा कुनै पहल गरे धेरै गुप्त र सुस्त तवर गर्ने देखिन्छ । १५ वैशाख २०७७
प्रतिक्रिया