खुमलटारमा प्रचण्ड–झलनाथ छलफल 

खुमलटारमा प्रचण्ड–झलनाथ छलफल 

काठमाडौं, १५ बैशाख । सत्तारुढ नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता झलनाथ खनालबीच प्रचण्ड निवास खुमलटारमा ३ घण्टा लामो छलफल भएको छ । 

अहिलेको अवस्था धेरै लम्ब्याउन नहुने र छिटो भन्दा छिटो स्थायी कमिटी बैठक बोलाएर अहिलेको अन्यौलता हल गर्नुपर्ने विषयमा २ नेताबीच छलफल भएको खुमलटार स्रोतले बतायो । 

केपी शर्मा ओली र माधव नेपाल समूहको बैठक भने कोटेश्वरमा जारी छ । बैठकमा माधवकुमार नेपाल, विष्णु पौडेल, रघुजी पन्त, सुरेन्द्र पाण्डे नेपाल समुहबाट छन् भने ओली समूहबाट इश्वर पोखरेल, शंकर पोखरेल र प्रदीप ज्ञवाली रहेका छन् ।