भोलि नेकपाको सचिवालय बैठक बस्ने
काठमाडौं, १५ बैशाख । सत्तारुढ नेकपाको सचिवालय बैठक भोलि मंगलबार बस्ने भएको छ । अध्ययक्ष केपी शर्मा ओली र माधवकुमार नेपाल पक्षको छलफल सकिएपछि मंगलबार सचिवालय बैठक बोलाउने निष्कर्षमा नेताहरू पुगेका छन् ।
ओली र नेपालबीच सोमबार बिहान भेटवार्ता भएको थियो ।
लगतै दुई पक्षका नेताहरू कोटेश्वरस्थित नेपाल निवासमा छलफलमा जुटेका थिए । ओलीले नेपाल पक्षसँग वार्ता गर्न ईश्वर पोखरेल, विष्णु पौडेल, शंकर पोखरेल र प्रदीप ज्ञवालीलाई जिम्मा दिएका थिए । नेपाल पक्षबाट भीम रावल, सुरेन्द्र पाण्डे, रघुजी पन्त सहभागी थिए ।
नेपाल समूहले भने स्थायी कमिटीको बैठक राखेर छलफल गर्नुपर्नेमा अडान राखेको छ ।
प्रतिक्रिया