अमेरिकाबाट चीन निर्यातमा प्रतिबन्ध
काठमाडौ । अमेरिकाले प्रविधि तथा नागरिक उड्डयनसम्बन्धी वस्तुको चीन निर्यात गर्न नयाँ इजाजत आवश्यक हुने गरी नयाँ प्रतिबन्ध लगाएको छ ।
यो नयाँ कानुनले अमेरिकी कम्पनीहरूलाई चिनियाँ सेनालाई आपूर्ति गर्ने चिनियाँ कम्पनीलाई सामान बेच्न नपाउने भएका छन् ।
कम्पनीहरूलाई नयाँ इजाजत आवश्यक हुने छ । ती सामान भलै नागरिक प्रयोगका लागि भएपनि यो प्रतिबन्ध लगाइएको छ ।
अमेरिकाकाका टेक्नलजि कम्पनीहरूमाथि यस्तो प्रतिबन्ध लगाइएको छ ।
अमेरिका र चीनबीचको सम्बन्ध नयाँ कोरोनाभाइरस फैलिएयता सम्बन्ध झन् बिग्रिदैआएको छ ।
यो कानुनले रूस र भेनेजुएलालाई असर गर्ने भएपनि बढी असर चीनलाई गर्ने भएको छ ।
अमेरिकी वाणिज्य मन्त्री विलबर रोसले एक विज्ञप्ति जारी गरी जनाएका छन् “अमेरिकाबाट खरिद गरिएका सामानको प्रयोग सेनाका लागि गर्ने इतिहास भएका देशहरूका लागि यो कानुन महत्वपूर्ण हुनेछ ।”
सेमिकन्डक्टर उद्योग संघका अध्यक्ष जोन नेउफरले अभूतपूर्वरूपमा वैश्विक अर्थतन्त्र उथलपुथल भइरहेको अवस्थामा यो कानुनले उद्योगलाई हानी पु¥याउने बताएका छन् ।
प्रतिक्रिया