‘ट्रम्प सरकार, अमेरिकी मिडियाले सोधेको प्रश्नको जवाफ देउ’
काठमाडौ । अमेरिकी मिडियामा राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनलाई सोधिएको प्रश्नको जवाफ दिन र आफ्ना जनतालाई कोरोनाभाइरसबाट समयमै जोगाउन र अन्तर्राष्ट्रिय समुदायले कोभिड–१९ विरूद्धको लडाइँमा जुट्न चीनले आग्रह गरेको छ ।
चीनको विदेशमन्त्रालयका प्रवक्ता गेङ शुआङले अमेरिकी मिडियामा त्यहाँको सरकारबारे सोधिएको प्रश्नको जवाफमा यस्तो भनेका छन् ।
ट्रम्प प्रशासनलाई कोरोनाभाइरस विरूद्धको लडाइँमा समयमै प्रभावकारी ढंगबाट काम किन नगरेको प्रश्न अमेरिकाका विभिन्न सञ्चारमाध्यमले उठाउन थालेका हुन् ।
गेङले भने “ अमेरिकी मिडियाले अमेरिकामा यो संक्रमणको पहिलो व्यक्ति को हुन? यसबारे अमेरिकी सरकारलेके लुकाउन खोजेको हो ?कोरोनाभाइरसको विषयमा अमेरिकी सरकारले अन्य देश र अन्तर्राष्ट्रिय संस्थाहरूलाई जिम्मेवार किन ठ¥याउन खोजेको छ ?जस्ता प्रश्नको जवाफ खोजेको छ ।”
अप्रिल ४मा द वासिंटन पोस्टले अमेरिकी सरकारले कसरी र किन महामारीको विषयमा कमजोरी ग¥यो विषयमा एक आलेख छापेको छ । अप्रिल १३ र १९मा अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसको प्रेस जानकारी दिने कार्यक्रममा पत्रकारहरूले विश्वमा सम्भावित जोखिम बढ्ने जान्दाजान्दै यसको रोकथाममा ढिलाइ किन गरियो भने प्रश्न सोधेका थिए ।
अप्रिल १४ा दी अटलान्टिकले अमेरिकाले गर्नुपर्ने बलियो पहल अगाडि बढाउन चुकेको एक आलेख छापियो ।
अप्रिल २१मा लस एन्जेल्स टाइम्सले सान्टा क्लारा काउन्टीको स्वास्थ्य अधिकारीहरूले शव परीक्षणको परिणामबारे उल्लेख गर्दै फेब्रुअरी ६मा भएको त्यो मृत्यु पहिलो केस त थिएनन भनी प्रश्न उठाएको छ । साथै अमेरिकाको रोग नियन्त्रण रोकथाम केन्द्र सीडीसीले करिब यो भन्दा एक महिना पहिले मृत्यु सम्बन्धी घोषणा पहिलो केस थियो
सान्टा क्लाराका अधिकारीहरूले डिसेम्बरको अन्त्यतिर संक्रमित व्यक्ति पहिलो व्यक्ति हुन सक्ने संकेत गरेका छन् ।
चीनको विदेशमन्त्रालयका प्रवक्ता गेङले अमेरिकी मिडियामा उल्लेख भएका विषयमा सवाल खडा गर्दै त्यसको जवाफ दिन भनेका हुन् ।
अमेरिका र चीन दुबै कोरोनाभाइरसबाट पीडित भएको हो यस विरूद्धको अन्तर्राष्ट्रिय समुदायले गरेको पहलमा ऐक्यबद्धता जनाएर अघि बढ्न उनले आग्रह गरे ।
प्रतिक्रिया