आजदेखि लकडाउनमा कडाई
काठमाण्डौ, १६ बैशाख । सरकारले आजदेखि लकडाउनलाई थप कडाइ गर्ने भएको छ । त्यसको लागि आजदेखि उपत्यका भित्रने र बाहिरिने मुख्ने नाकासँगै उपत्यकाभित्र पनि थप कडाइ गरिने गृह मन्त्रालयले जनाएको छ ।
सबै जिल्ला प्रशासन कार्यालयमा पनि यसबारे परिपत्र गरिएको मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले जानकारी दिए। उनले स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, अत्यावश्यक सामान ढुवानी गरिरहेका गाडीलाई आहोर दोहोरमा कुनै अवरोध नगरेको बताए। तर लकडाउनको उल्लङ्घन गर्ने गाडी र पैदलयात्रु बढेपछि आजदेखि थप कडाइ गर्न निर्देशन दिएको उनको भनाई छ ।
सोमबार नागढुङ्गा नाका हुँदै सयौँको सङ्ख्यामा मानिस काठमाण्डौ भित्रन खोजेपछि सरकारले आजदेखि थप कडाइ गर्ने निर्णय गरेको हो । उनीहरुमध्ये धेरैलाई प्रहरीले जताबाट आएको त्यतै फर्काइएको छ ।
प्रतिक्रिया