प्रम ओलीले प्रचण्डलाई किन डाके बालुवाटार ?
काठमाडौं, १६ बैशामख । पार्टीमा देखिएको गतिरोधबारे छलफल गर्न सत्तारुढ नेकपाका कार्यकारी अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
नेकपाका अध्यक्ष समेत रहेका ओलीलाई भेट्न प्रचण्ड बालुवाटार गएका हुन्।
दुई अध्यक्षबीच सचिवालय बैठक र स्थायी समिति बैठक बोलाउनेबारे छलफल हुने स्रोतले बतायो ।
आजकै लागि सचिवालय बैठकसमेत डाकिएको छ । तर अझै पनि समयको टुंगो लागिसकेको छैन ।
यसअघि २० जना स्थायी कमिटी सदस्यहरूले स्थायी कमिटी बैठकको माग गरी अध्यक्षद्वयलाई पत्र पठाएका थिए।
प्रधानमन्त्री ओली भने सचिवालय बैठक टार्ने मनसायमा छन् । माधव नेपाल र प्रचण्ड समूहका केही नेताहरुलाई सरकारको जिम्मेवार पदमा ल्याएर स्थायी कमिटी बैठकलाई टार्ने ओली समूहको अडान छ ।
प्रतिक्रिया