रोजगार अनुदानका लागि चीन ७.६ अर्ब अमेरिकी डलर विनियोजन गर्ने
काठमाडौ । चीनको केन्द्रीय सरकारले रोजगार अनुदानका लागि ७.६ अर्ब अमेरिकी डलर बराबरको बजेट विनियोजन गर्ने भएको छ ।
चीनको राष्ट्रिय विधायिकामा प्रस्तुत गरिएको एक मस्यौदामा यस्तो उल्लेख गरिएको छ ।
सरकारले यो बजेटको उपयोग रोजगार सन्तुलन र विस्तार गर्न खर्च गर्नेछ । रोजगारको अवस्था सुनिश्चित गर्नु र यसको विस्तार गर्नु अहिलेको सबै भन्दा महत्वपूर्ण प्राथमिकता भएको मस्यौदामा उल्लेख गरिएको छ ।
रोजगारको सन्तुलनलाई बिग्रिन नदिन व्यावसायिक सीप तालिन लगायतका कार्यक्रममा विशेष कोष १ खर्ब युयानको हुने छ ।
कोभिड–१९ महामारीले विश्वको अर्थतन्त्रलाई धराशायी बनाएकोले चीनमा पनि बेरोजगार बढ्ने र यस्तो समस्या समाधानका लागि अनुदानको संरचनात्मक समायोजन औद्योगिक प्रतिष्ठानहरूमा केन्द्रीय सरकारले गर्ने यो कोषको उपयोग गर्ने प्रतिवेदनमा उल्लेख भएको सिन्हवाले जनाएको छ ।
९० लाख भन्दा बढी नयाँ शहरी रोजगारको निर्माण गरिने चिनियाँ प्रधानमन्त्री लि केक्विाङले जनाएका छन् ।
प्रतिक्रिया