प्रदेश नं. एकको महत्वाकांक्षी विधेयक प्रस्तुत हुँदै

प्रदेश नं. एकको महत्वाकांक्षी विधेयक प्रस्तुत हुँदै

विराटनगर जेठ १५ । प्रदेश नं १ प्रदेश सरकार आर्थिक मामिला तथा योजना मन्त्रालयले प्रदेशसभा समक्ष प्रस्तुत गर्ने विनियोजन विधेयक २०७६ को सिद्धान्त र प्राथमिकता झिल्कोलाई प्राप्त भएको छ ।

आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङबोले प्रस्तुत गर्ने सिद्धान्त र प्राथमिकताका विशेषताहरु समाजवाद उन्मुख समाज तयार गर्ने विषयमा केन्द्रित छन् ।

सुखी र समुन्नत प्रदेश निर्माण गर्ने ‘थिम’मा आधारित विधेयकमा शिक्षा र स्वास्थ्यमा आम पहुँच, विभेदमा पारिएकालाई विशेष व्यवस्था, आन्तरिक क्रृण उठाउने, वैदेशिक लगानी भित्र्याउने, प्रदेश स्तरीय लगानी सम्मेलन आयोजना गर्ने र भ्रष्टाचार विरुद्ध शून्य सहनशीलता अपनाउने आदि जस्ता महत्वाकांक्षी परियोजना समेटिएका छन् ।