अमेरिकी प्रथम महिलाले ३.७ करोड भारू बराबरको फुल कुल्चने योजना
काठमाडौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग प्रथम अमेरिकी महिला मलेनिया ट्रम्पले भारत भ्रमणका बेला ३ करोड ७० लाख भारू बराबरको फुल कुल्चने योजना बनाइएको खुलेको छ ।
अहमदाबाद नगरपालिकाले जुन बाटोमा मलेनिया पाइला टेक्ने त्यो बाटोमा फुल बिछाइदिने निर्णय गरेको छ ।
यो आयोजनाम ३ करोड ७० लाख बराबरको फुल लाग्ने जनाइएको छ ।
अहमदाबादको चिमनभाई पटेल पुलदेखि जुन्दाल सर्कल र मोटेरासम्मको बाटोले फुल बिछाएर स्वागत गरिने छ ।
चिमनभाई पटेल पुलबाट मोटेरा स्टेडियमसम्म १ करोड ७३लाखको फुल खर्चिने हो भने चिमनभाई पटेल पुलबाट जुन्दाल सर्कलसम्मको बाटोमा फुल बिछाउन १ करोड ९७ ला भारू खर्च हुने नगरपालिकाले निर्णय गरेको छ ।
प्रतिक्रिया