कास्कीमा कोरोना संक्रमित फेला परेको छैन: प्रवक्ता डा. देवकोटा

कास्कीमा कोरोना संक्रमित फेला परेको छैन:  प्रवक्ता डा. देवकोटा

काठमाडौ, २१ चैत । कास्कीमा हालसम्म कोरोना संक्रमित फेला नपरेको स्वस्थ्य मन्त्रालयले जनाएको छ । 

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कास्कीमा कोरोना संक्रमित हालसम्म फेला नपरेको बताए । शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले कास्कीमा गरिएको परिक्षण र काठमाडौंमा पनि गरिएको परिक्षण रिपोर्टमा कोही पनि पोजिटिभ नदेखिएको स्पष्ट पारे ।