गोकुल बास्कोटा किन खनिए डा. बाबुराम भट्टराईसँग ?

गोकुल बास्कोटा किन खनिए डा. बाबुराम भट्टराईसँग ?

३ वैशाख, काठमाडौं । पूर्व प्रधानमन्त्री तथा संघीय समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले निर्वाचन प्रणाली पूर्ण समानुपातिक हुनुपर्ने मत राखेको विषयलाई पूर्व सञ्चारमन्त्री तथा प्रधानमन्त्री केपी ओलीका निकै विश्वासपात्र नेता गोकुल बास्कोटाले ठाडै विरोध गरेका छन् । सेक्युरिटी प्रेस डिलिङको अडियो सार्वजनिक भएपछि संचारमन्त्रीबाट राजीनामा दिएका बास्कोटा पछिल्ला दिनमा सााजिक सञ्जालमा निकै सक्रिय छन् । 

उनले सामाजिक सञ्जालमा लेखेका छन्, 'लौ न ! यो पूर्ण समानुपातिक निर्वाचन प्रणाली भन्ने जनमतको सम्पुर्ण दुरुपयोग गर्ने र सिमित नेताको खल्तीबाट छोटे नेता मात्र जन्माउने अनि लोकतन्त्रको मष्तिकघात गराउने सिद्दान्तको यो आबिष्कार अनन्त अस्थिरता चाहने मनोविज्ञान नै त होला । बुद्दिजीवीले बहस गरे हुने नि !

सिके राउतको विखण्डनवादी विचारलाई संसदीय समितिबाट प्रवद्र्धन गर्ने र उनले विखण्डनकारी बाटो छ‍ोडेपछि दारा किट्ने, छाती पिट्ने । सामाजिक मेलमिलापमा सधै विष घोल्ने, जातजातिबीच खुंडा हानाहान भए क्या जाति हुने थियो भनेर अगुल्टो झोसिरहने । तिनले पूर्ण समानुपातिक किन भनेका हुन, स्पष्टै छैन र ?'

डा. बाबुराम भट्टराईको भनाइ