प्रधानमन्त्री ओली अस्वस्थ्य, त्रि.बि. शिक्षण अस्पताल भर्ना

प्रधानमन्त्री ओली अस्वस्थ्य, त्रि.बि. शिक्षण अस्पताल भर्ना

प्रधानमन्त्री केपी शर्मा ओली फेरी अस्वस्थ्य भएका छन् । मुटुका चालमा केही तलमाथी देखिएको र विहीबार देखि नै असहज महशुस गरेपछि रातीनै उनी त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका हुन् ।


प्रधानमन्त्रीको अहिले बिहानसम्म स्थिति सामान्य बनिसकेको स्रोतले बताएको छ ।

दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेपछि आराम गर्नुपर्ने भएता पनि पछिल्लो विकसित घटनाका कारण धेरै धपेडी गरेपछि प्रधानमन्त्रीको स्वास्थ्यमा समस्या देखिएको हुनसक्ने विज्ञको भनाई छ । यसअघि नै प्रधानमन्त्रीलाई ६ महिनासम्म आराम गर्न सुझाव दिंदै डिस्चार्ज गरिएको थियो । मृगौला प्रत्यारोपणपछि इन्फेक्सनको खतरा बढी हुने चिकित्सकको भनाई रहेको छ ।  दुई दिन अघि बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री ओलीले करिब ४ घण्टा बिताएका थिए ।

२१ फागुनमा प्रधानमन्त्री ओलीको शरीरमा दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरिएको थियो ।