‘गुठी विद्येयक फिर्ता होइन, खारेज गर’ भन्दै हजारौँ नेवार समूदाय यसरी उत्रिए सडकमा (तस्वीरसहित)

‘गुठी विद्येयक फिर्ता होइन, खारेज गर’ भन्दै हजारौँ नेवार समूदाय यसरी उत्रिए सडकमा (तस्वीरसहित)

काठमाडौं, ४ असार । साँस्कृतिक अतिक्रमण बन्द गर, गुठी विद्येयक खारेज गर... जस्ता अनेकौँ नारा लिखित प्लेकार्ड बोकेर गुठी विधेयकविरुद्ध नेवार समुदाय सडकमा उत्रिएका छन् ।
उनीहरुले मंगलबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकार सम्मलेनका क्रममा बोलेको भाषासमेत अमर्यादित भएको भन्दै सडकमै खबरदारी सभा आयोजना गरेका छन् । आन्दोनकारीहरुले भूमि व्यवस्था मन्त्री पद्मा अर्यालले जारी गरेको प्रेस विज्ञप्तीको भाषामा पनि आपत्ति जनाएका छन्  । 

विभिन्न स्थानबाट नाराजुलुश गर्दै प्रदर्शनकारीहरु माइतीघरमा भेला भएका छन् ।

मंगलवार सरकारले गुठी विधेयक फिर्ता लिने निर्णय गरेपनि सरकारलाई खवरदारी गराउन भन्दै बुधवार माइतीघरमा विशाल खबरदारी सभा कार्यक्रम आयोजना गरेका छन् ।

१०० भन्दा बढी नेवार समूदायका बिभिन्न संघसंस्थाले संयुक्त रुपमा आयोजना गरी गुठी विधेयक संयुक्त प्रतिरोध कार्यक्रम गरेका हुन् । 

आन्दोलनकारीहरु काठमाडौं, भक्तपुर, ललितपुर, हेटौंडा, पोखरा, बनेपा, पनौती लगायतका स्थानबाट भेला भएका हुन् । हजारौंको संख्यामा रहेका उनीहरुले बाजाजागा सहित माइतीघरमा पुगेर 'गुठी विधेयक फिर्ता होइन, खारेज गर' भन्दै नारा समेत लगाएका थिए ।