हो हो तरे हो हो... भन्दै बाबुरामले मनाए असार पन्ध्रः रोपाहार, लाठ्ठे, हलिदेखि बाहुसेसम्म बाबुराम (तस्वीरसहित)

हो हो तरे हो हो... भन्दै बाबुरामले मनाए असार पन्ध्रः रोपाहार, लाठ्ठे, हलिदेखि बाहुसेसम्म बाबुराम (तस्वीरसहित)

काठमाडौं, १५ असार । आज असार पन्ध्र । यो मानो रोपेर मुरी फलाउने महिना पनि हो । त्यसोतः सरकारले हरेक वर्ष असार पन्ध्र गतेलाई राष्ट्रिय धान दिवसका रुपमा मनाउँने गर्दछ । 

असार पन्ध्रको अवसर पारेर वर्षभरी सुकिला मुकिल लुगा लगाएर भाषण गर्ने नेतादेखि, स्कूले विद्यार्थीहरुसमेत हिलोमा पाइला टेक्ने गर्छन् । स्कूले विद्यार्थीलाई प्रयोगात्म शिक्षाका लागि भन्दै विशेषगरी प्राइभेट बोर्डिङ स्कूलहरुले रोपाई गर्ने खेतसम्म नै पुर्याएर धान रोप्ने, बाहुसे गर्न, आलि लगाउँन, वीउ काढ्न र हलो जोत्नदेखि दाँदे लगाउने कला सिकाउँने गर्छन् ।

काठमाडौं उपत्यका, र बनेपा बजार आसपाका किसानहरुले भने कहिल्यै पनि खेतमा गोरु ननार्ने भएकाले यी क्षेत्रका विद्यार्थीहरुले भने गोरु जोत्ने अवसर भने पाउने छैनन् । 

कुरा हो असार पन्ध्रको, अनि प्रसंग हो पुर्व प्रधानमन्त्री डा. बाबुरामभट्टराईको । असार पन्ध्र मनाउन आफ्नो गृह जिल्ला गोरखा पुगेका बाबुरामले खेत जोत्ने, रोप्ने, देखि लिएर बाहुसे गरेका छन् ।

आफुलाई किसानको छोरो भएको कुरा गरिरहने पुर्व नयाँ शक्ति पार्टी नेपालका संयोजक तथा हाल संघीय समाजवादी पार्टीका अध्यक्ष डा. भट्टराइले हो हो तरे  हो हो, हो हो माले हो हो भन्दै राष्ट्रिय धान दिवस मनाएका छन् । 
आफुले धान दिवस मनाएका तस्वीरहरु उनले सामाजिक सञ्जाल फेसबुकमासमेत पोष्ट गरेका छन् ।