‘कम्युनिस्टहरु सत्तामा गएपछि सुटेडबुटेड, चिल्ला गाडी..., चढ्न पनि पर्यो फेरि’: प्रचण्ड
धनगढी, १ कात्तिक । सत्तारुढ नेकपा कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिस्टहरु सत्तामा गएको ५÷७ वर्षमा कर्मचारी जस्तो हुने गरेको बताएका छन् । उनले कम्युनिस्टहरु सत्तामा पुगेपछि पुरानै रोग बल्झिने बताए ।
शुक्रबार धनगढीमा आयोजित कार्यकर्ता प्रशिक्षणलाई सम्बोधन गर्दै उनले भने ‘सत्तामा नजाँदासम्म कम्म्युनिस्ट पार्टीका नेता असाध्यै राम्रा, जति दुःख पाएपनि भूमिगत बस्ने, जनताको घरमा जाने, जनता जस्तै हुन्छन्’, उनले भने, ‘कम्युनिस्टहरु सत्तामा गएपछि सुटेडबुटेड, चिल्ला गाडी ‘चढ्न पनि पर्यो फेरि । ’
राजा फालेपनि कर्मचारीतन्त्र पुरानै भएको र उनीहरुसँग संगत गर्दागर्दै कम्युनिस्ट नेताहरु पनि कर्मचारी जस्तै हुने उनले सुनाए । कर्मचारी जस्ता नेता भएपछि परिर्वतन खतरामा पर्ने र जनता निराश हुने खतरा हुन्छ’ नेकपा अध्यक्ष प्रचण्डले भने, त्यो खतरा अब चाहिँ आउँदैन भन्न पार्टी एकता गरेको हो ।’
प्रतिक्रिया