किसानका लागि प्रत्यक्ष आम्दानी सहयोग स्किम

किसानका लागि प्रत्यक्ष आम्दानी सहयोग स्किम

भारतमा प्रत्यक्ष आम्दानी सहयोग स्किमले किसानको क्षेत्रमा एक प्रमुख नीतिगत प्रभावकारी परिवर्तनको रूपमा लिइएको छ । आर्थिक मामिला सचिव सुबास चन्द्र गर्गले एक कार्यक्रममा यस्तो जनाएका हुन ।

यो नीतिले किसानको क्षेत्रको समस्या समाधान गर्न प्रभावकारी दिएको हो । अन्तरिम बजेट सन् २०१९–२० मा यो स्किम अन्तर्गत वार्षिक छ हजार भारु उनीहरूको बैंक खातामा जम्मा गर्ने योजना राखिएको छ । कृषि बालीको मूल्य बजारमा अझ निराशाजनक अवस्था रहेको जनाउँदै उनले प्रत्यक्ष आम्दानी सहयोग स्किमले यसमा सघाउ पुग्ने अपेक्षा गरिएको छ ।

भारतीय किसानको समस्या समाधानका लागि प्रत्यक्ष आम्दानी सहयोगका साथै अनुदान र न्यूनतम समर्थन मूल्य तोक्ने कार्य भइरहेको छ । किसान र कृषि क्षेत्रको बारेमा थप नीतिको विकास गरिदै गरिएको उनले जनाए ।

समाजवाद उन्मुख भन्ने गरेको नेपाल सरकारले कृषि प्रधान देश नेपालमा किसानको पक्षमा यस्तो सकारात्मक नीति के ल्याउन सक्दैन ?