Techie IT
  • ३० असार २०८१, शनिबार
Jhilko

पूर्वराजा ज्ञानेन्द्र शाह लखनउ हिँडे


काठमाडौं, २२ वैशाख । हालै नेपालगन्जमा नागरिक अभिनन्दन कार्यक्रममा सरिक भएका पूर्वराजा ज्ञानेन्द्र शाह आज भारतको उत्तर प्रदेशको राजधानी लखनउ गएका छन्। उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसहित केही राजनीतिक भेटघाट कार्यक्रम बनाएर पूर्वराजा शाह लखनउ गएको उनको सचिवालयले जनाएको छ।

पूर्वराजाका सहयोगी फणिन्द्रराज पाठकले भने शाह लखनउमा एक साताका लागि निजी भ्रमणमा गएको बताएका छन्। नेपालमा हिन्दूराष्ट्र र राजतन्त्र पुनरागमनको वकालत गर्दै आएका उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग पूर्वराजा शाहको राम्रो सम्बन्ध रहेको देखिन्छ।

मुख्यमन्त्री आदित्यनाथले नेपाल राजतन्त्रात्मक हिन्दूराष्ट्र हुनुपर्ने मान्यता सार्वजनिक रूपमा राख्दै आएका छन्। यसअघि पनि पूर्वराजा शाह नेपालगन्ज हुँदै लखनउ पटक–पटक गएका छन्।


क्याटेगोरी : प्रदेश
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट