Techie IT
  • ३० असार २०८१, शनिबार
Jhilko

बाग्मती र कोशी प्रदेशका केही स्थानमा ठूलो वर्षा हुने सम्भावना


काठमाण्डौंं, १० जेठ । पश्चिमका केही ठाउँमा बिहानैदेखि पानी परिरहेको छ ।

पश्चिममा न्यूनचापीय प्रणाली सक्रिय भएकाले पश्चिमका केही ठाउँमा बिहानैदेखि हल्कादेखि मध्यम वर्षा भइरहेको मौसमविद् संजिब अधिकारीले जानकारी दिए ।

उनका अनुसार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही ठाउँमा पानी परिरहेको छ । यस्तै, अन्य प्रदेशका केही ठाउँमा पनि हल्का पानी परिरहेको उनले बताए ।

मौसमविद् अधिकारीका अनुसार अहिले पश्चिमी क्षेत्रमा सक्रिय रहेको न्यूनचापीय प्रणाली बिस्तारै पूर्वतर्फ सरिरहेको छ । आज दिउँसो देशका धेरै ठाउँमा पानी पर्ने अनुमान छ । बाग्मती र कोशी प्रदेशका एक दुई ठाउँमा दिउँसो ठूलो वर्षाको अनुमान रहेको मौसमविद् अधिकारीले जानकारी दिए ।

यस्तै, तराईका जिल्लामा पनि पानी परेको छ । मौसम बदली र वर्षाका कारण तराईमा गर्मी कम भएको छ । भोलि पनि देशका धेरै ठाउँको मौसम बदली भइ पानी पर्ने अनुमान छ ।


क्याटेगोरी : प्रदेश
ट्याग : #hot, #rain

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट