Techie IT
  • ३२ असार २०८१, सोमबार
Jhilko

बालकृष्ण खाणको क्षेत्र रुपन्देहीको तिलोत्तमामा भ्रष्टाचारविरुद्ध प्रदर्शन


रुपन्देही, ३० वैशाख । भ्रष्टाचारविरुद्ध देशका विभिन्न ठाउँमा युवाहरूले प्रदर्शन गरिरहेका बेला रुपन्देहीको तिलोत्तमामा पनि भ्रष्टाचारविरुद्ध शनिबार युवाहरूले प्रदर्शन गरेका छन् । देशमा भ्रष्टाचारका घटना बढेको र नियन्त्रण गर्नुपर्ने माग गर्दै युवाहरूले दबाब सिर्जना गर्न प्रदर्शन गरेका हुन् ।

पूर्व गृहमन्त्री, नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणको तिलोत्तमा नगरपालिका गृहनगर हो । पूर्व गृहमन्त्री खाण नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानका लागि प्रहरी हिरासतमा छन् । कुनै सङ्गठनको आयोजना नभई स्वतन्त्र रूपमा भ्रष्टाचारविद्ध प्रदर्शन गरिएको सहभागी युवक विजय पाण्डेले बताए

तिलोत्तमाको मणिग्राम चोकमा आयोजित विरोध कार्यक्रममा युवाहरूले ‘राजनीतिक भ्रष्टाचारविरुद्ध एकजुट हौँ’, ‘राजनीतिक भ्रष्टाचार देशको शत्रु हो’, ‘राजनीतिक संरक्षणमा भ्रष्टाचारीले उन्मुक्ति नपाउन्’ सरकारले खुट्टा कमाए खबरदार’ जस्ता नारा लेखिएका प्लेकार्डसहित युवाहरूले प्रदर्शन गरेको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट