Techie IT
  • ३० असार २०८१, शनिबार
Jhilko

नक्कली भुटानी शरणार्थी बनाउनेहरुलाई कारबाही गर्न सरकारले खुट्टा कमाउनु हुँदैननः माधव नेपाल


विराटनगर, २४ वैशाख । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सरकार नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा सङ्लग्न दोषीलाई कारबाही गर्न खुट्टा कमाउन नहुने बताएका छन्।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसंँग संक्षिप्त कुराकानी गर्दै उनले यस प्रकरणमा संलग्न साना(ठूला सबैलाई कारबाही गर्नुपर्ने बताएका हुन्। ‘सरकारले घटनामा सङ्लग्न दोषीलाई बचाउन आउने उच्च दबाब सामू कुनै हालतमा झुक्नुहुँदैन,’नेपालले भने।

उनले बदमासी गर्ने जोसुकै भए पनि तिनीहरुलाई कानुनको दायरामा ल्याइ सजायको भागिदार बनाउनुपर्नेमा जोड दिए।


क्याटेगोरी : राजनीति, कोशी प्रदेश
ट्याग : #hot, #madhav nepal

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट