Techie IT
  • ३२ असार २०८१, सोमबार
Jhilko

मोरङको राठी इन्डस्ट्रिजमा भीषण आगलागी


विराटनगर, २९ वैशाख । मोरङको बूढीगंगास्थित राठी इन्डस्ट्रिजमा भीषण आगलागी भइरहेको छ।

बिजुलीका बल्ब र स्विच उत्पादन गर्ने उद्योगमा शुक्रबार बिहान २ बजेदेखि लागेको आगो अझै नियन्त्रणमा आएको छैन।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालले आगो नियन्त्रणका लागि मोरङ, सुनसरी र झापाका १२ वटा दमकलसहित नेपाल र सशस्त्र प्रहरी परिचालन गरिएको जानकारी दिए। आगलागीको कारण भने अहिलेसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ। उक्त उद्योगका सञ्चालक राजेन्द्रकुमार राठी हुन्।

 

 

 


क्याटेगोरी : अर्थ, कोशी प्रदेश
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट