Techie IT
  • ३२ असार २०८१, सोमबार
Jhilko

बारा-२ मा उपेन्द्र यादवको अग्रता कायम


बारा, १२ वैशाख । बारा क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्यको लागि जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवले आफ्नो अग्रता कायमै राखेका छन्।

मंगलबार दिउँसो २ बजेसम्मको मत परिणाम अनुसार उनले १५ हजार १८३ मत प्राप्त गरिसकेका छन्। उनका प्रतिस्पर्धी जनमत पार्टीका शिवचन्द्र कुशवाहाले भने १० हजार ३७० मत प्राप्त गरेका छन्। यादव कुशवाहाभन्दा ४ हजार ८१३ मतले अगाडि छन्।

तेस्रो स्थानमा नेकपा एमालेका पुरूषोत्तम पौडेल छन्। उनले ५ हजार २७ मत प्राप्त गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेलले भने २ हजार ९५ मत प्राप्त गरेका छन्। मतगणना जारी छ।


क्याटेगोरी : राजनीति, मधेस प्रदेश
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट