Techie IT
  • २१ मंसीर २०८०, बिहीबार
Jhilko

एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले दिए केपी ओलीलाई ‘यदुवंशी मुसल’को संज्ञा


काठमाडौं, ६ वैशाख । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ‘यदुवंशी मुसल’को संज्ञा दिएका छन्।

बुधबार काठमाडौंमा पार्टीनिकट विद्यार्थी संगठन अनेरास्ववियुले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन्। उनले एमाले अध्यक्ष ओलीका कारण नै वामपन्थी कम्युनिष्टमा मुसल पैदा भएको बताए। उनले ओली प्रवृत्तिमा आफूलाई फाइदा हुने सिद्धान्त, आफू विचार र आफ्ना समर्थक मात्रै असल हुन् अरू सबै शत्रु हुन् भन्नेकुरा हाबी भएको बताए।

उनले राम्रो पार्टी र राजनीति बिगार्ने काम ओलीले संसद् विघटन गरेबाट सुरु भएको आरोप लगाए। उनले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति लक्षित गर्दै उनले वैकल्पिक राजनीतिको नाममा आज ओली प्रवृत्तिका मानसपुत्रहरु सडकमा नेता बनेर हिँडेको आरोप लगाए।

उनले अनुशासनहीनता र मूल्यहीनताको बीचमा प्रतिस्पर्धा हुँदा नराम्राहरुले जित्ने बताए।

उनले भने, ‘दुर्भाग्यले हामीले बनाएको धेरै राम्रो पार्टीभित्र एउटा मुसल जन्मियो। यदुवंशी मुसल जन्मियो। त्यो ओलीवादको मुसल थियो। ओलीवाद भनेर मैले व्यक्तिको कुरा गरेको होइन, त्यो एउटा प्रवृत्तिका रुपमा हुर्कियो।’ महासचिव भुसालले राष्ट्रिय जीवन संकटको डरलाग्दो भुमरीका नजिक रहेको बताए।


क्याटेगोरी : राजनीति, बाग्मती प्रदेश
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट