Techie IT
  • ३२ असार २०८१, सोमबार
Jhilko

कांग्रेस चितवनका नेता शंकर कँडेल मृत फेला, सुसाइड नोट भेटियो


चितवन, २० वैशाख । नेपाली कांग्रेस चितवनका नेता शंकर कँडेल मृत फेला परेका छन्। चितवनमा पोल्ट्री व्यवसाय गर्दै आएका कँडेल मंगलबार साँझ भरतपुर महानगरपालिका–३ बेल्चोकस्थित आफ्नै कार्यालयमा मृत फेला परेका हुन्।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार प्रहरीले कँडेल मृत फेला परेको सूचना मंगलबार साँझ ६ बजे प्राप्त गरेको थियो। सूचनालगत्तै परिचालन भएको प्रहरीले घटनास्थलबाट सुसाइड नोट फेला पारेको छ। सुसाइड नोटबारे अनुसन्धान भइरहेको डिएसपी पण्डितले जानकारी दिए।

मृत फेला परेका कँडेल कांग्रेस चितवनका पूर्वकोषाध्यक्ष हुन्। अहिले उनी महासमिति सदस्य थिए। कँडेल अनमोल फिड्सका सञ्चालक हुन्। पोल्ट्री व्यवसाय संकटग्रस्त बन्दै गएपछि उनले केही अघि मात्रै अनमोल फिड्स बेचेको बताइएको छ।

कँडेलको शव पोस्टमर्टमका लागि भरतपुर अस्पताल लगिएको पण्डितले जानकारी दिए। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ।


क्याटेगोरी : राजनीति, बाग्मती प्रदेश
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट